धरान । पर्यटन प्रबर्द्धन लागि अध्ययन अवलोकन भ्रमणको लागि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बेघाको नेतृत्वमा २५ जना पोखरातर्फ लागेको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ४,५,६,१३,१४ र २० को आयोजनामा जनप्रतिनिधि सहित नेपाल पत्रकार महासंघ सुनसरी धरानका पत्रकारहरु सहित भ्रमणमा निस्केको हो । भ्रमणमा धरान उपमहानगर वडा नम्बर १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले पनि सहभागी रहेको छ । वडा नम्बर ६ का सदस्य राजेन्द्र न्यौपाने पनि भ्रमणमा छन । आयोजक वडा अध्यक्षहरुको सबै सहभागी हुने भनिए पनि कारणबस भ्रमणमा सहभागी हुन नसकेको कुरा वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।
धरानलाई पर्यटनको हब बनाउने उद्देश्य रहेको भन्दै अरु ठाउँमा कस्ता मोडेलको पर्यटन प्रबर्द्धन तरिका रहेछ सोको अवलोकन गर्नको लागि पनि भ्रमण भैरहेको बताए । अरु जिल्ला ठाउँमा भएको पर्यटन भित्र्याउने मोडेललाई धरानमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराको अध्ययन अवलोकन गर्नक लागि भ्रमणमा निस्किएको जानकारी दिए । धरानको वडा नम्बर ४,५,६,१३,१४,२० पहाडी ईलाका रहेको र पर्यटनको सम्भाब्य रहेकोले त्यहाँ कुन मोडेलमा पर्यटन भित्र्याउन सकिन्छ त्यसको अवलोकन अध्ययन गर्न पोखरासम्म गैरहेको बताए । मिडियासंगै जाँदा त्यो कुरा सरकारले समेत सुन्ने भएकोले पत्रकारसंगै भ्रमणमा निस्किएको बताए ।
भ्रमणबारे वडा अध्यक्ष नेत्र काफ्लेले आन्तरिक पर्यटन भित्र्याउने उद्देश्यले निस्किएको बताए । वडा अध्यक्ष काफ्लेले सुनसरी पत्रकार महासंघका पत्रकार सहितको समुह भ्रमणमा निस्किएको बताए । तत्कालीन विष्णुपादुका, पाँचकन्या गाबिस धरानमा गाभिएपछि पर्यटनको सम्भावना रहेको बताए । नेपालको पश्चिमी जिल्लामा जनप्रतिनिधिले कसरी पर्यटक भित्र्याउने रहेछ सो कुराको अवलोकन अध्ययन गर्न भ्रमणमा निस्किएको बताए । उहाले हेटौंडाको सहिद पार्कमा पर्यटकलाई प्रवेश शुल्क लिएर आम्दानीको श्रोत बनाएको उदाहरण दिदै त्यस्तो प्रकारको पर्यटक भित्र्याउने तरिका बुझ्न भ्रमणको आयोजना गरिएको बताए । भ्रमणको अवधीमा पोखराको शिब मुर्ति समेतको अवलोकन गर्ने भन्दै आगामी दिनमा धरानमा सहमतिमा एकठाउँमा बजेट लगाएर देखिनेगरि पर्यटन सम्बन्धी काम गर्नुपने पनि धारणा राखे ।
भ्रमणमा नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिवद्वय भोला श्रेष्ठ र तिर्थ कार्कि लगायत विभिन्न मिडियाका पत्रकारहरु सहभागी रहेका छन ।
Discussion about this post