कोशि नामको बिरोधमा निषेधित क्षेत्र तोडियो,पहिचान नाम हुनुपर्ने भन्दै मानव सागर उर्लियो

बिराटनगर । प्रदेश १ को नाम पहिचान बिपरित कोशि राखिएको भन्दै मानव सागर उर्लेको छ । साथै निषेधित क्षेत्र तोडिएको छ ।

१४ जिल्लाबाट उर्लिएका मानब सागर मुख्यमन्त्री कार्यालय घेराउ गर्न अघि बढ्दा शसस्त्र प्रहरी र जनपद प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भए । प्रहरी र प्रदर्शकारीबिच ढुंगामुढा हानाहान भए । प्रदर्शनकारीले इँटाढुंगा प्रहरीमाथि प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए । करिब आधा घन्टाको भिडन्तपछि भने प्रहरी र प्रदर्शकारी नजिक भए । तिन सय मिटर वरपर निषेधित क्षेत्र कायम गरे पनि अन्तत करिब सय मिटर वरसम्म नाराबाजी गरे ।

दुबैपक्षको संयमित भएपछि भने मानवीय क्षति हुन पाएन । घम्साघम्सिको बाबजुद नाराबाजी गर्दै कोणसभामा परिणत भए । कोणसभालाई सम्बोधन गर्दै आदिवासी अभियन्ता आङकाजि शेर्पाले प्रदेशको नाम पहिचानको आधारमा माग्दा नदिने भए अव देश माग्न बाध्य हुने बताए । भारतमा पाकिस्तान बंगलादेशले पहिचान माग्दा टुक्रिएर गएको उदाहरण दिए । नेकपा माओबादिका गोपाल किरातिले अव हतियार उठाउनुपर्ने बताए । उनले अव हतियार उठाउन तयार छ कि छैन भनेर जनमानसलाई सोधेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेताहरुले वडामा ताला लगाउने भन्दै वडाबाट कार्यान्वयन गर्न चुनौती दिए । वडा स्थानीय तहमा लेटरप्याड बोर्ड च्याएर फाल्ने बताए । बंश गद्दार गर्ने क्रममा अव सांसदलाई घिसार्ने चेतावनी दिए । पहिलो चरणको आन्दोलनको चैत ५ गते सकिएको भन्दै चुम्लुङका प्रेम याक्तेनले ६ गते बैठक बसेर सशक्त आन्दोलनको घोषणा गरिने बताए । उनले बैठकका लागि संयुक्त संघर्ष समितिमा आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित