काठमाडौ । शुक्रबार सम्पन्न भएको उपराष्ट्रपति निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार दिएका जनता समाजवादी पार्टीको रामसहाय यादव बिजय भएको छ ।
चैत ३ गते उपराष्ट्रपति पदको लागि निर्वाचन हुँदा रामसहाय यादबको पक्षमा संघीय सांसद तर्फ-१८४ को मतभार १४५३६ र प्रदेश सभाको मत -३२९ को मतभार १५७९२ सहित कुल ३०३२८ मतभार प्राप्त गरी निर्वाचित भएका हुन । यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अष्टलक्ष्मि शाक्यले संघीय सांसद तर्फ १०४ प्रदेश तर्फ। २६९ सहित कुल मतभार १६३२८ प्राप्त गरेका थिए ।
नव निर्वाचित उपराष्ट्रपतिमा यादव बारा जिल्ला -२ बाट प्रतिनिधिसभा सदस्यमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएका थिए । उनी जनता समाजवादी पार्टीको संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनि शिक्षण पेसा त्यागेर २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका हुन ।
यादव तत्कालीन मधेसी जनअधिकार फोरमको संस्थापक रही सुरूवातदेखि महासचिवसमेत पदमा रहेका थिए । बिक्रम सम्बत २०६४ सालमा पनि बारा-२ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । त्यसपछि उनि २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
रामसहाय यादब यसअघी वन तथा वातावरणमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
Discussion about this post