धरान उपमहानगर कार्यपालिका बैठकमा फेरी विवाद

धरान । धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा विवाद भएपछि एजेन्डा नै प्रवेश नगरी स्थगित भएको छ ।

बुधबार बोलाएको कार्यपालिका बैठकमा मेयरको स्वकीय सचिव सुदर्शन लिम्बुले २० वटै वडालाई काटिएको पत्रको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ । स्वकीय सचीवले उपमहानगरपालिकाको २० वटै वडालाई पत्राचार गरिएका थिए । स्वकीय सचिबले फागुन २९ गते २० वटै वडाका वडा कार्यालयलाई सम्बोधन गर्दै आव २०७९/८० मा सञ्चालित सामाजिक, आर्थिक तथा भौतिक योजना अन्तर्गत वडाले हालसम्म सम्पन्न गरेका योजना तथा कार्यक्रमको सूचि बनाएर उपलब्ध गराइदिन माग गरेका छन् ।

मेयर साङ्पाङले बैठकपछि मेयर साङ्पाङले सामाजिक संजालमा स्टाटस लेख्दै -” धरानका बिकासमा गम्भीर नभएर सानो कुरामा झगडा गर्ने सबैलाई जनताले मुल्याङ्कन गर्नु पर्छ ! त्यसो गर्दा मेरो पनि मुल्याङ्कन होस् ! सुशासन र बिकासमा मैले काम गरेकोछु या छैन त्यो पनि मुल्याङ्कन होस् !” त्यसगरी बैठकमा सदस्यहरु एजेन्डामा प्रवेश गर्न नमानेको जनाएको छ । स्टाटसमै धन्यवाद दिदै लेखिएको  –  ” कार्यपालिका वैठकको एजेण्डामा प्रवेश गर्न नमान्ने सदस्यहरुलाई हार्दिक धन्यवाद !”

स्वकीय सचीवले काटिएको पत्र सामाजिक संजालमा बाहिरीएका थिए । पत्र बाहिरिएकोपछि यसको आलोचना भएका थिए । स्वकीय सचिबले काटिएको पत्रको बचाउ गर्दै मेयर साङ्पाङ्ले -” वडाहरुले सम्पन्न गरेको योजना र कार्यक्रमहरु पारदर्शी गर्न पर्दछ ! मैले अह्राएको व्यक्तिले त्यो सूचना माग्न सक्छ ! धेरै नउछालिनु ” भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित