धरान । देशभर विद्यार्थीहरुको महाभिडन्तको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत ५ गते देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाब हुँदैछ ।
हरेक राजनीतिक दलका भातृसंगठनको रुपमा विद्यार्थी संगठन रहेका छन । साबिक जित हाँसिल गरेको क्याम्पसमा साख बचाउन सबै लागि परेका छन ।चासोको विषयमा रहेको क्याम्पस मध्ये धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई महत्वपूर्ण लिएको छ । लगातार नेकपा एमाले सम्बद्ध अखिलले जितिदै आएको क्याम्पसमा पछिल्लो चुनाबमा हालको जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले जित हाँसिल गरेका थिए । तत्कालीन चुनाबको सभापति पदमा सागर चेम्जोङको सभापति उम्मेदवारले अखिलको किल्ला तोड्दै जित हाँसिल गरेका थिए । आगामी चैतमा अखिल आफ्नो पुरानो बिरासत फर्काउने दाउमा छ भने समाजवादी विद्यार्थी युनियन त्यहि बिरासतलाई बचाउन लागिपरेका छन ।
यतिबेला समाजवादी विद्यार्थी एक्लै भिडिरहेको छ ।इन्जिनियरिङ क्याम्पसमा भने समाजवादी र नेबिसंघ तालमेल गरेको छ । युनियनले साबिकको साख बचाउन यसअघि गरिएका कामका फेहरिस्त विद्यार्थीमाझ लगिरहेका छन भने आगामी शैक्षिक गतिविधि तथा शिक्षा नीतिलाई प्रतिबद्धता पत्र घोषणापत्रको रुपमा सार्वजनिक गरिएको छ ।
यस्तो छ प्रतिबद्धतापत्र :
“पार्टी जाती र राजनीति भन्दा माथी क्याम्पस र विद्यार्थी भन्ने मुल नारा सहित समाजवादी विद्यार्थी युनियनले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानको शैक्षिक सुधार र आम विद्यार्थीको साझा समस्याहरुको समाधान साथै क्याम्पसलाई ब्यवस्थित, बैज्ञानिक, प्रविधिमुलक अनुशासित ढङ्गबाट सञ्चालन गर्न आसन्न चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु)को निर्वाचनमा समाजबादी विद्यार्थी युनियनको तर्फबाट सभापति युवराज राई अलौकिक, सचिव बिनिता लिम्बु र कोषाध्यक्ष सुप्रीया राईको प्यानल उम्मेदवारी दिएको छ ।
१. नि:शुल्क शिक्षालाई आत्मसात गर्दैै भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तकालयबाट सबै पुस्तक उपलब्ध गराउने ।
२. धरान उपमहानगरपालिका वडा नम्बर ११ स्थित क्याम्पसको जग्गामा १०० जना बढि विद्यार्थी अट्ने पुरुष होस्टल र धरान उपमहानगरपालिका वडा न.१ मा रहेको क्याम्पसको जग्गामा १०० जना अट्ने महिला होस्टल को निर्माण गर्न पहल गर्ने ।
३. अनिवार्य क्याम्पस पाेशाक वा अनिवार्य डिजिटल identy Card लागू गर्न पहल गर्ने ।
४. सबै कक्षाहरु र क्याम्पस क्षेत्र भरी अनिवार्य सिसि क्यामेरा जडान गर्ने र यसैको माध्यमबाट शिक्षक र विद्यार्थीहरुको गतिविधिमा नियमन गर्दै कक्षा संचालनलाई सहज र व्यवस्थित बनाउने ।
५. प्रत्येक कक्षामा “स्वबियु सेल” निर्माण गरि शिक्षकहरुको उपस्थिति र पठनपाठनलाई नियमन गर्ने ।
६. सेमेस्टर प्रणाली अन्तरगत भर्ना गर्दा लिइएको कर्मचारी कोष, प्राथमिक उपचार शुल्क, सरस्वती पुजा शुल्क आदिलाई घटाउने, हटाउने वा प्रतिवर्ष एक पटक मात्रै उठाउने र क्याम्पस विकाश कोष लगायतका शुल्कहरु घटाउने ।
७. पर्याप्त पानीको अभावका कारण शाैचालय फोहोर हुने हुँदा ट्युवेल गाडेर तथा अन्य बैकल्पिक उपाय मार्फत पानी निकाल्न/ब्यवस्था गर्न पहल गर्ने ।
८. शिक्षा संकाय अर्थात बि.एडमा छात्रवृत्ति बढाएर बिबिएस र बिए सो सरह बनाउने ।
९. प्रत्येक ६ महिनामा एकपटक नि:शुल्क स्वास्थ्य शिबिर संचालन गर्ने ।
१०. क्याम्पसको पुरानो भवनहरुमा रहेका सबै डेस्क बेन्च परिवर्तन गरेर आधुनिक डेस्क बेञ्चको व्यवस्था गर्ने ।
११. प्रत्येक वर्ष खेल सप्ताह संचालन गर्ने ।
१२.क्याम्पसकाे दुबै तर्फकाे प्रवेश द्वारलाई डिजिटल गेटकाे रुपमा परिवर्तन गरि सुरक्षा गार्डको व्यवस्था गर्दै विद्यार्थी बाहेकका अनधिकृत ब्यक्तिहरुलाई जथाभाबी क्याम्पस प्रवेशमा रोक लगाउने ।
१३. विद्यार्थीहरुको समस्या र गुनासो सम्बोधन गर्न “Hello स्वबियु’’ निशुल्क कल सेन्टर स्थापना गर्ने ।
१४. पढाई र परीक्षा भैरहेको समयमा क्याम्पस क्षेत्र भित्र ध्वनि प्रदुषण हुने कुनै पनि खेलकुद तथा कार्यक्रमहरु गर्न रोक लगाउने ।
१५. नयाँ शैक्षिक भवनलाई रंग रोगन र जिर्णाेद्दार गर्न पहल गर्ने ।
१६. पुस्तकालयलाई थप ब्यवस्थित गरि आधुनिक पुस्तकालय बनाउने ।
१७.स्वबियुको आयब्यय गतिविधि र उपलव्धिलाई पारदर्शी बनाउन हरेक वर्षमा एक पटक सार्बजनिक सुनुवाइ कार्यक्रम राख्ने ।
१८. स्वबियु कोषबाटै सिप र रोजगारमुलक तालिमहरु सञ्चालन गर्ने ।
१९. शैक्षिक क्यालेन्डर अनुसार नियमित परिक्षा गराउन पहल गर्ने, नेपाली र अङ्ग्रजी दुवै माध्यमबाट प्रश्न पत्रको व्यवस्था गर्न पहल गर्ने ।
२०. समाजशास्त्रको स्नातकोत्तर र अन्य प्राविधिक विषय ल्याउन पहल गर्ने ।
२१.क्याम्पसकाे प्रवेशद्वार, शाैचालय, पुस्तकालय, खाजाघर, कक्षाकाेठा, प्रशासनिक फाँटहरु,सेमिनारहल आदिहरुलाई अपांगमैत्री बनाउन पहल गर्ने ।
समाजवादी विद्यार्थीले आजसम्म गरेका कामहरू :
स्वास्थ बिमा कार्यक्रमको सम्बन्धमा महेन्द्र बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख दामोदर भण्डारी ज्यु र प्रशासन प्रमुख फरिन्द्र निरौला र समाजवादी विद्यार्थी युनियनको अध्यक्ष युवराज राई(अलौकिक) सहित वार्ताटोलि बिच भएको दुई पक्षीय सहमति यस्तो रहेको छ।कार्यान्वयनको बिषयमा यो असार ३० गते भित्रमा अन्तिम निष्कर्ष आईसक्ने कुरा सम्पुर्ण विद्यार्थीहरुलाई जानकार गराउदछु।
” स्वास्थ्य बिमाको सन्दर्भमा भएको”
▶️सहमति: आवश्यक प्रक्रियाको लागि विश्वविद्धालय संग छलफल गर्न २ दिन भित्र काठमाडौँ गएर असार ३० सम्म निस्कर्षमा पुर्याई टुङग्याउने 🙏।
👉️▶️साथै:
महेन्द्र क्याम्पस र सबियु बिच सहमति ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा विभिन्न शैक्षिक तथा ब्यबस्थापन सुधारको लागि विभिन्न मागहरू राखेर २०७९/०३/०३ गतेका दिन क्याम्पस प्रशासनलाई बुझाईएको बिज्ञप्ती बारे आज बसेको क्याम्पस प्रशासन र समाजबादी विद्यार्थी युनियन बिच निम्न सहमति भएको सम्पुर्ण विद्यार्थी तथा सरोकारवालाहरुमा जानकारी गराउदछौ ।।
👉️ माग १ :- पठनपाठन ब्यबस्थित गर्न कर्मचारी र शिक्षकको हाजिरी डिजिटल बनाउने सन्दर्भमा ।
✅ सहामती :- असार ३२ गते सम्ममा आवश्यक पहल गरेर प्रगति विवरण पेश गर्ने ।
👉️ माग २ :- नयाँ सौचालय बनाउने र कर्मचारी थप्ने सन्दर्भमा ।
✅ सहमति :- ईन्जिनियरिङ स्टिमेट तयारी भएको र असार ३२ सम्ममा निर्माणको लागि टेन्डर आह्वान गरेर निर्माण अगाडि बढाउने । साथमा कर्मचारी थप्ने सन्दर्भमा ३ दिन भित्र स्वीकृतिको लागि पहल गर्न बिश्वबिद्धालय जाने ।
👉️ माग ३:- गेटमा गार्ड र CC Camera जोड्ने सम्बन्धमा ।
✅ सहमति :- असार २५ भित्र CC camera जोड्न लाग्ने लागत स्टिमेट तयार गरि असार ३२ भित्र स्वीकृतिको लागि प्रक्रिया बढाउने । सुरक्षा गार्डको स्वीकृतिको लागि ३ दिन भित्र पहल गर्न बिश्वबिद्धालय जाने ।
👉️माग ४ :- स्वास्थ्य बिमाको सन्दर्भमा ।
✅ सहमति :- आवश्यक प्रक्रियाको लागि बिश्वबिद्धालय संग छलफल गर्न २ दिन भित्र काठमाडौं गएर असार ३० सम्म निस्कर्षमा पुर्याई टुङग्याउने ।
👉️माग ५ :- सेमेस्टार प्रणालीहरुमा प्रती सेमेस्टार दोहोरो उठाईएको स्वरसती र बिमा शुल्क सन्दर्भमा ।
✅ सहमति :- यो शैक्षिक बर्षबाट प्रती सेमेस्टार सरस्वती पुजा र बिमा शुल्क बर्षमा एक पटक मात्रै उठाउने ।
👉️माग ६:- Library डिजिटल बनाउने र प्रती विद्यार्थी ३ वटा पुस्तक बितरण गर्ने सन्दर्भमा ।
✅ सहमति :- असार मसान्तसम्ममा library digital बनाउने प्रक्रिया बढाउने र पहिलो चरणमा मुल पुस्तक २ वटा र १ वटा रिफ्रेन्स पुस्तक बितरण गर्ने ।
👉️माग ७ :- आन्तरिक परीक्षा संचालन गर्ने सम्बन्धमा ।
✅ सहमति :- आन्तरिक परिक्षा तत्काल यहीँ शैक्षिक बर्षबाट पुनः सुरु गर्ने ।
👉️माग ८ :- मानबिकी र ब्यबस्थापन संकाय सरह शिक्षा संकायमा पनि २०% छात्रवृत्ति दिने सन्दर्भमा ।
✅ सहमति :- निजि स्रोतबाट संचालित अन्य आंगिक क्याम्पसहरुमा रहेको प्रचलनको आधार २०% छात्रवृत्ति सम्बन्धमा असार मसान्तसम्म भित्र निर्णय गर्ने ।
👉️ माग ९:- नयाँ सभाहल, होस्टेल बनाउने सन्दर्भमा ।
✅ सहमति :- सरोकारवाला सबै संग संयुत्त रूपमा पहल गर्ने ।
👉️ माग १०:- पुराना बिल्डिङमा रहेका पुराना डेस्क बेन्च परिवर्तन गर्ने सम्बन्धमा ।
✅ सहमति :- अति आवश्यक प्रयोग गर्न नमिल्ने डेस्क बेन्चहरु परिवर्तन गर्ने र आंसिक प्रयोग गर्न नमिल्ने डेस्क बेन्चहरु असार मसान्तसम्म भित्र मर्मत सम्भार सकाउने ।
👉️ माग ११:- पर्याप्त खेलकुद सामाग्री उपलब्ध गराउने र खेलकुद कार्यक्रम संचालन गर्ने सन्दर्भमा ।
✅ सहमति :- उपयुुक्त प्रक्रिया मिलाएर विद्यार्थीहरुलाई पर्याप्त मात्रमा खेलकुद सामग्री उपलब्ध गराउने र बार्षिक खेलकुद कार्यक्रम संचालन गर्ने ।
समाजवादी विद्यार्थी महेन्द्र क्याम्पस धरानका उम्मेदवारहरु :
सभापती युवराज राई(अलौकिक)Masters Digree-MA:
सचिव बिनिता लिम्बू(B.ED):
कोषाध्यक्ष सुप्रिया राई(B.ED):
♦️प्रत्यक्ष तर्फका सदस्यहरु
१. सबिर सिं यक्सो(BA):
२.बिमला थापा मगर(B.ED):
३.प्रदिप ओझा(BA):
४.टुजन लिम्बु(B.ED):
५.सृजना लिम्बू(BBS) :
६.अस्मिता मगर(BBS):
७.सुनन्द राई(B.ED):
८.प्रकाश कुलुङ राई(BBS):
♦️समानुपातिक तर्फ
१.विजय राई(कुलुङ)
२.ललिता फागो
३.अनिश बस्नेत
४.दिलिप राई
५.विशाल राई
६.मन ब. मगर
७.वंशज राई
८.सोनु गुरुङ
९.सपना राई
१०.सन्देश राई
Discussion about this post