स्मार्ट गाईजका युवाहरु सरसफाई अभियानमा

धरान । धरानको स्मार्ट गाईज समुहले पदयात्रासँगै सरसफाई अभियान सुरु गरेको छ । समुहले शनिबार धरान देखि धनकुटाको साँगुरीगढीसम्म सफाई अभियान चलाएका थिए ।

सचेतनाको लागि सरसफाई अभियानलाई अगाडी बढाएको समुहका कोषाध्यक्ष मिलन राईले बताएका छन । उनको अनुसार धरानको ओशोमा अवस्थित श्रम सस्कृति पार्क र धनकुटा जिल्लाको ऎतिहासिक गढी साँगुरीगढी परिसरमा सरसफाई गरिएको हो ।

ऎतिहासिक महत्त्व रहेको गढी साँगुरीगढी पर्यटकीय गन्तव्य समेत रहेकोले मान्छेहरु घुम्न डुल्न आउने गरेका छन ।  जसले गर्दा त्यस परिसरमा मान्छेले प्रयोग गरेर फ्याकिदिएका प्लास्टिक र सिसाजन्य फोहोर ठुलो संख्यामा थुप्रीएको छ । जसको कारण आसपासको वातावरण र गढिको सुन्दरतालाई समेत दुषित बनाएको उनले बताए ।

अहिले भने स्मार्ट गाईज समुहको पहलमा गँढी आसपासका फोहोरलाई  संकलन गरेर व्यवस्थित तरिकाले डिस्पोज गरिसकेको समुहका सदस्य सौगात श्रेष्ठले जानकारी गराए ।

समुहले ऎतिहासिक स्थलहरुलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आग्रह गर्दै उक्त गढी परिसरमा सुचना पाटी र डस्बिन उपलब्ध गराउन स्थानिय जनप्रतिनिधिहरुलाई समेत अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित