धरान । तेह्र घटकले गरेको आम हड्तालको धरानमा समापन गर्दै कोशि नामलाई वडा स्तरमा कार्यान्वयन गर्न चुनौती दिएको छ ।
जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले आमहडतालको समापनको अवसरमा बोल्दै वडामा कार्यान्वयन गरेर देखाउन चुनौती दिए । जसरी जनादेश विरुद्ध मतादेशको आधारमा प्रदेशको नाम राखियो त्यहि अनुसार वडा वडामा कार्यान्वयन गरेर देखाउन चुनौती दिए ।
आमहडतालको नेतृत्व गरेका किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राईले कोशि नाम राख्ने जनप्रतिनिधिलाई सार्वजनिक कार्यक्रममा अतिथि नबोलाउने बताए । राजेन्द्र राईले कसैले कोशिमा भोट हाल्ने सांसदलाई प्रमुख अतिथि अतिथि बोलाए त्यो संस्थासंग पनि टाढा रहने स्पष्ट पारे । उनले शत्रुलाई मृत्युको मुखमा पुग्दा पानी मागे आफुले नदिने बताए । पापको कुरा गर्ने भए आफु पापिको दर्जामा रहने भन्दै अरु के गर्ने भनेर प्रतिप्रश्न गरे ।
आमहडताल समापनमा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद अध्यक्ष गेल्जे शेर्पाले प्रदेश १ शेर्पालुङ सहित किरात लिम्बुवान पहिचानको आधारमा हुनुपर्ने बताए । गेल्जे शेर्पाले संघीयता खतरामा भएको भन्दै राष्ट्रपति बाहुन,प्रधानमन्त्री बाहुन रहेको भन्दै आदिवासीको पहिचानमा माओवादीको दश वर्षको जनयुद्धको समेत औचित्यमा प्रश्नचिह्न खडा गरे ।
आमहडतालको पुर्वसंध्याको राँके जूलूस र २८ गतेको आमहडताल सफल भएको बताए । सभालाई सम्बोधन गर्न १३ घटकको नेताहरुले सम्बोधन गरेका थिए ।
Discussion about this post