कोशी नामको बिरोधमा २८ गते आमहडताल घोषणा राँके जूलूस प्रदर्शन (भिडियो सहित )

धरान । प्रदेश १ को नाम कोशि घोषणाको बिरोधमा २८ गते आमहडतालको आयोजना गर्दै धरानमा राँके जुलुस निकालिएको छ ।

१४ वटा राजनीतिक दल संघसंस्थाका घटकले कोशि नाम पहिचान बिरोधि भएको भन्दै २७ गते धरानमा राँके जूलूस निकालिएको बताए । रांके जुलुस नाराबाजी पछि कोणसभामा परिणत भएपछि फागुन २८ गते आमहडताललाई सफल पार्नको लागि राँके जुलुस निकालिएको कुरा कोणसभामा बताए ।

राँकेजुलुसमा प्रदर्शनकारी र प्रहरी बिच केहि समय राँके खोसाखोस भएका थिए । धरानको चारैतिरबाट ठुलो संख्यामा राँके जूलूस निकालेपछि थोरै संख्यामा रहेका प्रहरीको खासै प्रभाव देखिएन । प्रहरीले अग्रीम बाल्टिनमा पानी बोकेका थिए । दक्षिण तिरबाट आएकालाई सबै पानी खन्याएपछि नाराबाजी गराएर अरु तिनतिरबाट एकैपटक राँके जुलुस निकालेका थिए ।

राँके जुलुसपछि कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का पुर्व महासचिव आङकाजि शेर्पाले सम्बोधन गरेका थिए । प्रदेश १ मा लिम्बुवान किरात शेर्पालुङ ऐतिहासिक  पहिचान भएको बताउदै कोशि नाम अमान्य हुने बताए । शेर्पालुङको सोलुमा समेत आम हडताल राँके जूलूस रहेको भन्दै काठमाडौबाट आफु धरानमा राँके जूलूसमा आएको बताए । भारतको तिलंगना पछिल्लो भाषिक पहिचानको आधारमा नयाँ राज्य गठन भएको उदाहरण दिदै प्रदेश सरकारले तत्काल वार्ता बोलाई नाम नसच्याए थप बिद्रोह हुने चेतावनी दिए ।

कोशि नामको बिरोध गर्दै आन्दोलन सशक्त बनाउन र २८ गतेको आम हड्ताल सफल पार्न भनेर इटहरीमा १३ घटकको बैठक बसेका थिए । २५ गतेदेखि चैत ५ गतेसम्मको घोषित आन्दोलनको कार्यक्रमलाई शसक्त बनाउन र सफल बनाउन छलफल भएको कुरा बैठक पछि निर्णय सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित