कोशी नाम खारेजीको व्यापक आन्दोलनको घोषणा

धरान । प्रदेश नम्बर १ को नाम कोशी राखेको बिरोधमा व्यापक चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ ।

प्रदेश १ पुनः नामाङ्कन संयु संघर्ष समितिले फागुन २७ गतेदेखि चैत ५ गतेसम्मको बिरोध र आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । संघर्ष समितिले फागुन २७ गते प्रदेशब्यापी ब्यापक राँके जूलूसको कार्यक्रम सार्वजनिक गरेको छ । त्यसैगरी २८ गते देश्ब्यापी आम हड्तालको कार्यक्रम छ । चैत ५ गते प्रदेश राजधानी बिराटनगर जनप्रदर्शन गरिने सार्वजनिक गरिएको छ ।

प्रदेश सभामा एकै दिनमा संसदीय दलका नेतालाई समेत जानकारी नदि तय गरेपछि सोहि दिन कोशी नाम पारित गरेका । अघिल्लो सभाको पुर्ण कार्यकालसम्म पनि नाम राख्न नसकेपछि मंसिर ५ गते सम्पन्न दोस्रो प्रदेश सभाबाट गठित नयाँ सभाले पहिलो अधिवेशनबाट नै नाम राखिएका थिए । नाम राखेपछि पहिचान विरुद्ध भएको भन्दै ब्यापक बिरोध गरिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित