संखुवासभा ।संखुवासभा जिल्लाको चीन सिमा जोडिएको शिङ्सालुङ भोटखोला गाउँपालिकामा “लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार ” भन्ने नारालाई सार्थक बनाउन कोदो कुटानी मेसिन बितरण गरिएको छ ।
चालु आर्थिक वर्षमा १२ वटा त्यस्ता मेसिन वडा नम्बर २ र ३ मा वितरण गरिएको कुरा भोटखोला गाउँपालिकाका उपप्रमुख सहाना लामाले जानकारी दिए । उनले भोटखोला २ हटियामा १ थान,हुङ्गुङमा ४ थान,वडा नम्बर २ को चेपुवामा १ थान, लिङ्गम गुम्बाको लागि १ थान,च्याम्ताङमा २ थान र छुम्सुर र रिदाकमा १-१ थान गरि जम्मा १२ थान वितरण गर्ने योजना रहेको बताए । मेसिन वितरणको पहिलो शुरुआत ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा गरिएको बताए । अव क्रमिक रुपमा अन्य स्थानमा वितरण गरिने जानकारी दिए ।
नेपालमै बनेको उक्त कोदो कुट्ने मेसिनको लागत प्रति गोटा ६५ हजार रहेको बताए । यसको परिक्षणपछि आगामी वर्षमा पनि अन्य स्था स्थानमा वितरण गरिने जानकारी दिए ।
Discussion about this post