कोकाहा खोलाको पानी ल्याउन तिन दिनमा दुई किलोमीटर पाईप जडान

दिपेश राई (याम्फु)
धरान । धराने जनताको खानेपानी समस्यालाई समाधान गराउने उद्देश्यले लागिपरेका मेयर हर्क साङ्पाङको मिसन यतिबेला कोकाहा खोलामा पुगेको छ ।
कोकाहा खोला धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्दछ । धरान बजारलाई केन्द्र बिन्दु मान्ने हो भने यसको दुरी २५ किलोमीटर छ । केहिदिन अघिमात्र शुरुआत गरिएको कोकाहाको पानी ल्याउने अभियान द्रुत गतिमा बढिरहेको कुरा प्रोजेक्ट मेनेजरको रूपमा चिनिने दत्त लिम्बुले जानकारी दिए । लिम्बुका अनुसार अहिले दुई किलोमीटर पाईप बिस्तार गरिसकेको जानकारी । उनले कोकाहाको पानी धरान उपमहानगरपालिकामा पुर्‍याउन चुनौती भएको बताए । बिहिवार कोकाहाको अभियान शुरु भएको जानकारी भएपछि मोरङ जिल्ला पथरीसनिश्चरेबाट एक दम्पतीले पाईप तान्ने श्रमदातालाई पानी चाउचाउ ल्याएर खाजा खुवाएको जानकारी दिए ।

धरान उपमहानगरबाट अभियान स्थल निकै टाढा भएकाले शुक्रवारदेखि पाईप जडान गर्ने प्राविधिक तथा कर्मचारीहरु अभियान स्थलमै पाल टाँगेर बसिने कुरा जानकारी दिएको छ । दत्त लिम्बुद्वारा कोकाहा खोलाको पानी ल्याउनको लागि अभियानमा साथ दिन सबैलाई आह्वान गरिएको छ ।

पकुवा,सर्दुखर्दि जिशाने र भालु खोलामा सफलतापछि २५ किलोमीटर दुरिबाट पानी ल्याउने अर्को परियोजना अभियान थालिएको छ । (तस्बिर : दिपेश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित