दिपेश राई (याम्फु)
धरान । धरानको खानेपानी समस्या समाधान गर्नको लागि कोका खोलाको पानीलाई व्यावस्थापन गरिने भएको छ ।
सुक्खा मौसममा थप खानेपानी समस्यालाई समाधान गर्नको लागि मेयर हर्क साङ्पाङले पहल गरेका छन ।मेयर साङ्पाङले कोकहा खोलामा पुगेर शिमेभुमेलाई पुजा गर्दै मुहान उद्घाटन गरेका थिए । मेयर साम्पाङले दुई ट्याक्टर पाईप उक्त ठाउँमा पुर्याएको छ । मुहानसम्म ट्याक्टरले पाईप पुर्याउन नसकेपछि श्रमदाताले पानी उठाउने मुहानसम्म काँधमा बोकेर पुर्याएका थिए । कोकाहा खोलामा दुई ठाउँबाट पानी ट्यापिङ गरिने भएको छ। पाईप जोड्ने प्राविधिक सहित पुगेका साम्पाङ्ले पहिलो पाईप जोडेर उद्घाटन गरेका थिए। कोकाहा मुहानदेखि धरानसम्मको दुरि २५ किलोमिटर रहेको छ । मेयर साङ्पाङले २५ किलोमीटरको लागि आवस्यक पर्ने पाईप सहितको लागि सहयोग गर्न सामाजिक संजालमा पनि आह्वान गरिएको छ ।तस्बिर : दिपेश राई (याम्फु)
Discussion about this post