धरान । सह प्राध्यापक बालकृष्ण माबुहाङको यात्रा संस्मरण पुस्तक इमानु निमा धरानमा बिमर्श गरिएको छ ।
मंगलबार किरात याक्थुङ चुम्लुङको भवनमा पुस्तक बारे विमर्श भएको हो । लिम्बुवान अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा छ जनाले समिक्षा गरेका थिए । परिचर्चाको परिचालन केन्द्र विजयपुर च्याप्टरका संयोजक नरप्रसाद लुङ्फुङबाले गरेका थिए । माबुहाङको पुस्तकमा समिक्षा गर्नेहरुमा डा. रामनारायण कन्दङ्बा,डा. जीवनकुमार राई,जंगबहादुर भट्टराई,टिका आत्रेय,अर्जुन माबुहाङ र डा. गोबिन्द तुमबाहाङले समिक्षा प्रस्तुत गरेका थिए ।
इमानु निमामा पुर्वको लिम्बुवानदेखि पश्चिमको रोल्पासम्मको यात्राको बारे कलात्मक ढंगबाट प्रस्तुत गरिएको समिक्षकहरुले बताए । यात्रा संस्मरणमा भनिए पनि त्यहाँ रहेका प्रस्तुतिले उपन्यास जस्तो भएको समिक्षकहरुले बताए । किताबमा विशेषगरी रोल्पादेखि पुर्वको ताप्लेजुङसम्मको आदिवासीको जिवन शैलि आर्थिक सामाजिक पाटो सरल रुपमा प्रस्तुत गरिएको बताए । स्थानीयको संवाद जस्ताकोतेस्तै राखिएकोले थप पुस्तकलाई जिवन्त बनाएको समिक्षामा बताए ।
पुस्तकको नाम लिम्बू याक्थुङ भाषामा राखिएकोले थप चर्चाको बिषय भएको बताए । कमै मात्रामा मातृभाषा रहने पुस्तकको नाम यो पुस्तक कोशेढुंगा भएको समिक्षामा बताए ।पुस्तकमा ११ वटा यात्रा संस्मरणलाई समेटिएका छन । पुस्तकको मुल्य छ सय रुपैया रहेको छ ।
बालकृष्ण माबुहाङले आफु विभिन्न सन्दर्भमा नेपालको हरेक स्थानमा यात्रा गर्दा गरिएको टिपोटहरूको आधारमा यात्रा संस्मरणको पुस्तक तयार भएको बताए ।
Discussion about this post