प्रदेश सांसद रमेश बस्नेत र बिजय राईको घरमा कालो झन्डा गाडियो

धरान । प्रदेश १ को नाम कोशि राखेको भन्दै सुनसरी जिल्ला क्षेत्र नम्बर १ (क) र (ख) का प्रदेश सांसदको घरमा कालो झन्डा गाडिएको छ ।

सोमबार साँझ सांसद रमेश बस्नेत र बिजय राईको घरमा कालो झण्डा राखिएको कुरा राष्ट्रिय जनमुक्ति पार्टीको नेता विष्णु थाम्देनले जानकारी दिए । उनले इटहरीको कार्यक्रम सकेर आएपछि बिजय राई र रमेश बस्नेतको घरमा कालो झण्डा राखिएको बताए । कालो झण्डा गाडेपछि कोशि नाम खारेज गर भन्दै नाराबाजी गरेको बताए ।

थाम्देनले यसैगरी अन्य सांसदको घरमा कालो झन्डा् गाडेर बिरोध गर्ने जानकारी दिए । सोमबारको कार्यक्रमको समिक्षा सहित जुम मिटिङ हुने बताए । मंगलबारको जुम्व मिटिङपछि थप बिरोधको कार्यक्रम गरिने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित