जसपाका सांसद अनि स्वास्थ्य मन्त्रीलाई प्रदेश नामाकरणमा बन्चित गरेको भन्दै छानबिन माग

धरान । जनता समाजवादी पार्टीको ६ वटा राष्ट्रिय समितिले प्रदेश १ को नाम कोशि नामाकरण गरेको प्रति बिरोध जनाउदै जनता समाजवादी पार्टीको सांसदलाई मत दिन बन्चित गरिएको प्रति छानबिनको माग गरिएको छ । जसपाको एकमात्र सांसद एबम स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई समेत पुर्व जानकारी कार्यसुचि बारे जानकारी नदिएको जनाएको छ ।

जनता समाजवादी पार्टी छ वटा राष्ट्रिय समितिको शुक्रवार धरानमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रदेश १ को नामाकरणको सन्दर्भमा जसपा नेपालको सांसदलाई मत दिन बन्चित गरिएको भन्दै यस बारेमा सत्यतथ्य छानविनका लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछ उल्लेख छ । प्रेस बिज्ञप्तिमा खगेन्द्र माखिम, अध्यक्ष निम्बुवान राष्ट्रिय समिति,आङकाजी शेर्पा, इन्चार्ज, प्रवास विशेष प्रदेश समिति,दलमर्दन कामी, सहइन्चार्ज, शिल्पी दलित विशेष राष्ट्रिय समिति,रमेश राई अध्यक्ष किरात राष्ट्रिय समिति, जयराम यादव, अध्यक्ष मधेश राष्ट्रिय समिति,नुर्बु शेर्पा, संयोजक, शेर्पालुङ राष्ट्रिय समितिबाट हस्ताक्षर गरिएका छन ।

पत्रकार सम्मेलनमा हालै प्रदेश नामाकरण छापामार शैलिबाट गरेको भन्दै खारेजी हुनुपर्ने बताए । कोसी सबैको साझा पहिचान भएको भए गर्दै होइन लुकिछिपी प्रस्ताव ल्याउनु पर्ने कारण के थियो भनेर प्रति प्रश्न गरेको छ । कोसी नाम जनसमुदायको माग भावना जनादेशलाई सम्बोधन नगर्ने जिकिर छ । यो संघीयता विरोधि कदम भएको उल्लेख छ । विगत केही वर्षदेखि निरन्तर देशको राजनीति प्रतिगमनतिर गईरहेको छ भन्ने आम निष्कर्षलाई यो घटनाले पुष्टि गरेको छ भनिएको छ ।

कोसी नाम राखेर इतिहासदेखि यो भूमिमा भएका लिम्बुवान, किरात, शेर्पालुङ, मधेस, शिल्पी दलित, महिला लगायतबाट परिवर्तनका लागि भएका अग्रगामी आन्दोलनहरुलाई अवमूल्यन गरिएको जनाएको छ । लिम्बुवान आन्दोलनको क्रममा राजकुमार मनिल नामाङ शाहदत भएका छन् आन्दोलनको क्रममा नेपाल सरकार र आदिवासी जनजाति, मधेसी, लिम्बुवान लगायत आन्दोलनकारीहरूसँग भएका सहमतिलाई लत्याइएको आरोप छ। हामी प्रष्ट छ संघीय व्यवस्थामा संघीय इकाईहरु ऐतिहासिक निरन्तरता, भौगोलिक क्षेत्रगत निरन्तरता, जातीय समुदायगत भाषिक, सांस्कृतिक आधारमा निर्माण हुनु पर्दछ । सो अनुसार सरकार पक्ष ईमान्दार पुर्वक अघि नवढनु दुर्भाग्य हो भनिएको छ ।

कोशि नाम खारेजिको लागि दल, संघसंस्था, व्यक्ति सबैलाई नयाँ रुपमा एकताबद्द भई संघर्षका लागि आव्हान गरेको छ । कोसी प्रदेश नामाकरणसंगै यस भूमिमा विद्रोहको दीर्घकालीन विजारोपण गरिदिएको भन्दै चुनौती स्वीकार गर्दै सबै सरोकारवालाहरुसँग मिलेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित