राई लिम्बुको बैकल्पिक मनोकांक्षा नै कोसी – सम्पादकीय

हाम्रो भोटखोला राम्रो भोटखोला-प्रथम भोटखोला महोत्सव २०८० चैत १०  र ११ गते

अन्तिम अवस्थासम्म प्रदेशको नाम घोषणा गर्न नसकेपछि २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा निर्वाचनपछि आएको जनप्रतिनिधिले पहिलो झड्कामै कोशी नामाकरण गरेपछि एउटा कोसेढुंगा साबित गरे ।

संविधान जारी भएको पहिलो सभाले राजधानी बिराटनगरलाई बनाएर एउटा काम गरे । तर त्यो पनि जनभावना बिपरित थिए । संघीयता भनेको सहज रुपमा जनतालाई सेवा दिनु हो । प्रदेश १ को राजधानी बिराटनगर जान संखुवासभा जिल्लाको उत्तरी भाग र सोलुखुम्बु ताप्लेजुङको बासिन्दाले सेवा सुबिधा लिन संघीय राजधानी काठमाडौ जत्तिकै दुरि पर्न जान्छ । ओखलढुंगा सोलुखुम्बु खोटाङबाट बिराटनगर आउनु भन्दा काठमाडौ जान नजिक सहज हुनजान्छ । त्यस आधारमा हेर्ने हो भने संघीयताको जनभावना बिपरित नै देखिन्छ ।

प्रदेश नाम तत्कालीन अवस्थामा शेरधन राई मुख्यमन्त्री को कार्यकालमा नै कोशी अन्तिम भैसकेको थियो । प्रदेश सरकार आफैमा स्वतन्त्र हुनुपर्ने भए पनि पार्टीको लगामका कारण तत्काल राख्न सकेनन । तत्कालीन अवस्थामा राई समुदायको संस्था किरात राई यायोक्खा र लिम्बु समुदायको संस्था किरात याक्थुङ चुम्लुङ किरात,लिम्बुवान संघर्ष समितिको दवाब मुलक प्रदर्शन थिए । शेरधनपछि मुख्यमन्त्रीको बागडोर सम्हालेका राजेन्द्र राईले कम्मर कसेर नामाकरणको तयारी गरे । राजेन्द्र राईले पहिचानको आधारमा किरात राखेर त्यसपछि जोडिने शब्दको खोजि र सहमतिमा थिए । लामो समयको प्रयास राई लिम्बुको छुट्टाछुट्टै दवाव अडानले उनले जोखिम मोल्न चाहेन । किरात कोशि राख्दा लिम्बुवानजन्यको दवाब किरात लिम्बुवान राख्दा अर्को जोखिम । त्यसमाथि आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन ।

जब चुनाब शुरु भए पहिचानलाई नै आधार मानेर नामाकरणको प्रयास गर्ने त्यो पनि जबर्जस्ति मिडियाले उम्मेदवारलाई प्रश्न गर्दा । जबकि राजेन्द्र राईको कार्यकालमा एमालेले कोसी काङ्ग्रेसले सप्तकोसी नाम खुलाईसकेका थिए । चुनाबि परिणाम तिनै पहिचान बिरोधि एमाले काङ्ग्रेसको पोल्टामा गए ।

राई लिम्बुको बैकल्पिक मनोकांक्षा नै कोसी
प्रदेशको नामाकरण गर्न दवाब दिने बिषयमा प्रदेश सिमांकनले किरात र लिम्बुवान मिश्रित प्रदेश १ साझा रुपमा के रहने भन्ने नै राई र लिम्बुको विवादको बिषय भयो । अरुण पुर्व नौ जिल्ला लिम्बुवान भनिरँहदा सात प्रदेशको खाका नै फुटाउ र शासन गरको नितिमा प्रदेश १ को जन्म भयो । प्रदेश २ हालको मधेश प्रदेश बाहेक नेपालका भुमिपुत्र मुलबासि जसलाई आदिवासी भनाउदालाई नै टुक्राएर प्रदेश बनाएका थिए । किरात (खम्बुवान) र लिम्बुवानको मिश्रण नै कोशि लक्ष्य हो । जुन फुटाउ र राज गरको सिद्धान्त सार्थक भएको छ । दुई ठुला समुदाय राई र लिम्बुले आ आफ्नै नामको अडान कसे । राई र उसको संस्थाले १४ जिल्ला प्रदेश १ किरात हुनुपर्छ भन्ने अडानका साथ प्रदर्शन गरे । किरात भएपछि लिम्बु पनि किरात नै त्यसैले साझा संयुक्त शब्द किरात हुँदा दुबै समुदायको पहिचान स्थापित हुन्छ भन्ने बुझाई थिए । किरात याक्थुङ चुमलुङले यस अघिदेखि उठाएको सिमाङ्कन सहितको भुगोल अरुण पुर्व नौ जिल्ला दाबि छ । तर प्रदेश १ अरुण पश्चिम किरात (खम्बुवान ) र लिम्बुवान सहितको सिमाङ्कन भएपछि किरात,लिम्बुवान वा लिम्बुवान,किरात राखेर जानुपर्छ भन्ने बुझाई अडान सहित प्रदर्शन गरेका थिए ।

प्रदेश सभाले दुई समुदाय मिलेर आउन नभने पनि साझा नाममा सहमति नभएपछि भने कुचाले बढार्नुपर्ने कसिंगरलाई हावाले उअडाउने भए । यायोक्खाले भए किरात नभए पनि बहुपहिचानमा किरात कोशीसम्मको बुझाई लक्ष्य थिए । किरात,लिम्बुवान हुनु भन्दा किरात कोशिमा बढि आकांक्षा सहज महसुस गरेका थिए । बरु किरात,लिम्बुवान हुनु भन्दा कोशि भएकोमै चित्त बुझाउने मानसिकता देखिन्थे । किरात,लिम्बुवान हुनु भनेको दुबै पहिचान लिम्बुकै हो भन्ने बुझाई थियो । यायोक्खाले लिम्बुवानलाई एउटा स्वायत्त क्षेत्रको रुपमा परिकल्पना गरेको छ ।

यता किरात याक्थुङ चुम्लुङले अरुण पुर्व नौ जिल्ला वारिपारि भएकोले दुबै समेटेर तत्काल जाने पछि पुनर्संरचना गर्दा नौ जिल्ला लिम्बुवान हुनेगरीको अग्रीम तयारीमा थिए । किरात मात्र भन्दा लामो समयसम्म लिम्बुवानको आन्दोलन ओझेलमा पर्ने उसको बुझाई थियो । लिम्बुवान भित्र हिमालदेखि तराईसम्म स्वायत्त संरक्षण क्षेत्र समेतको खाका यस अघि सारिसकेका थिए । जसले गर्दा समय क्रमसंगै आठौ प्रदेश लिम्बुवानको लक्ष्य चुम्लुङको छ । चुम्लुङले पनि भए आफ्नै प्रस्तावित नाम हुँदा आठौं प्रदेश लिम्बुवानको लक्ष्य छ । किरात मात्र भए उस्को टाउको दुखाई हुने । किरात कोशि नाम हुँदा राई समुदाय जित भएर लामो समय लिम्बुवान आन्दोलनको हार महसुस हुने । अन्तिम बिकल्प सन्तुष्टि भनेकै नभए तेरो मेरो नहोस कुशिमै हामफाल्ने चुमलुङको मनोकांक्षा देखिन्छ ।

फागुन १७ गतेको घटनाले भने यायोक्खा र चुम्लुङ दुबैलाई लोप्पा खुवाएपछि भने बुद्धिको बिर्को खुलेको कुरा दुई दिनको बिरोध प्रदर्शनले देखाउछ । – कार्यकारी सम्पादक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित