धरान । सात प्रदेश मध्ये प्रदेश १ को नाम राख्न बाँकि रहेको बेला कोशि प्रदेश नामाकरण गर्न यहिको आदिवासी भुमिपुत्रलाई प्रयोग गरेको खुलासा भएको छ ।
बुधबार प्रदेश नामाकरण गर्नको लागि भनेर तयार पारिएको प्रस्ताव पत्रमा रामबहादुर थापा मगरलाई प्रस्तावकको रुपमा राखिएको छ । प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा प्रदेश सभाको चलानी नम्बर ३७८ मिति २०७९/११/१७ गतेको सुचना अनुसार नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम यस प्रदेशको नामाकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस भनि प्रस्ताब गर्दछु उल्लेख छ । तपसिल भनेर प्रदेशको नाम कोशि लेखिएको छ ।
पत्रको समर्थकको नाममा झापाका भुमिप्रसाद राजवंशि,बिदुरकुमार लिङ्थेप र धनकुटाका निरन राई रहेका छन । उनिहरुले पत्रमा हस्ताक्षर गरिएका छन । प्रदेश १ मा यस अघि राई समुदायका जातिय संस्था यायोक्खा र लिम्बु समुदाय जातिय संस्था याक्थिङ चुम्लुङले आन्दोलन गरेका थिए । राईले किरात हुनुपर्ने माग गरेका थिए भने क्चुम्लुङले किरात,लिम्बुवान हुनुपर्ने माग गरेका थिए । राई लिम्बु नमिल्दा नै पहिचानको नामाकर्ण अघिल्लो प्रदेश सभाबाट पटकपटक प्रयास गर्दा पनि नसकेका हुन ।
Discussion about this post