धरान । आगामि चैत ५ गते हुनगैरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाबको लागि महेन्द्र बहुमुखी क्याम्पस धरानको लागि समाजवादी विद्यार्थी युनियनबाट सभापति पदको लागि युवराज राई अलौकिकलाई सिफारिस गरिएको छ ।
समाजबादि विद्यार्थी युनियनको फागुन १३ गते बसेको इकाई बैठकले युवराज राई अलौकिकलाई सिफारिस गरिएको हो । त्यसैगरी सचीव पदका लागि बिनिता लिम्बु,सदस्यमा प्रदिप ओझा,बिमला थापामगरलाई सिफारिस गरिएका छ्न । अन्य सदस्यको लागि भने क्रमिक रुपमा उम्मेदवारको नाम सार्वजनिक गर्ने कुरा युनियनले जनाएको छ ।समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टीको विद्यार्थी भातृसंगठन हो ।
धरानमा पिण्डेश्वर क्याम्पस, हात्तिसार क्याम्पस,पुर्वान्चल इन्जिनियर क्याम्पसमा चुनाब हुने गर्दछ । तर बढि चर्चामा भने महेन्द्र बहुमुखी क्याम्पस रहने गरिन्छ । अघिल्लो चुनाबमा समाजवादी विद्यार्थी संगठनको तर्फबाट सागर चेम्जोङले बिजय हाँसिल गरेका थिए । त्यस भन्दा अगाडि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र क्याम्पसमा बर्चस्व जमाउदै आएका थिए ।
Discussion about this post