क्यान्सर पीडित धनराज राईलाई एक लाख तेईस हजार आर्थिक सहयोग

धरान । बिगत केहि वर्षदेखि पेटको क्यान्सरबाट पिडित  धनराज राईको उपचारको लागि एक लाख २३ हजार २५० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

क्यान्सर रोगि धनराजले जानकारी दिए अनुसार सुबास चाम्लिङ राई ,बराहक्षेत्र -३ हाल दक्षिण कोरियामा वैदेशिक रोजगारमा रहेको पहलमा ७७,१०० रुपैया
र दिपिका राई बानुको पहलमा युएईबाट ४६,१५० रुपैया उपलब्ध भएको जानकारी दिए ।

बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान हुँदै बिराटनगर हुँदै क्यान्सर अस्पताल भक्तपुर बिर अस्पतालसम्मको उपचारको क्रममा हालसम्म करिब १५ लाख बढि खर्च सकिएको छ । पेटमा क्यान्सर भएका धनराज राईको थप केमो चढाउनुपर्ने चिकित्सकको सल्लाह अनुसार करिब सात लाखसम्म खर्च हुने भएको भन्दै आर्थिक अभाव भएकोले सहयोगको याचना गरेको छ ।

भोजपुर जिल्ला हतुवागडी गाउँ पालिका-३ सिन्द्राङ्ग मा जन्मेका राई हाल सुनसरी जिला बराहक्षेत्र नगर पालिका-३ मा बसोबास गर्दै आएका छन । उनि एक समाजिक अभियन्ता जुझारु कृयाशिल युवा किरात राई यायोक्खा बराहक्षेत्र  नगर सदस्य,भोजपुर सुनसरी सेवा समाज आजिवन सदस्य,किरात राई बान्तावा खिम सुनसरी जिल्ला सदस्य,एव संचार कर्मी समेत हुन । उनि चासो संचार पत्रीका हुँदै राई भाषाका कार्यक्रम संचालन समेत गर्दथे । क्यान्सर पीडित धनराज राईको आफ्नो नाममा रहेको प्राईम बैंक शाखाको खाता ०४५००६९१ PS उपलब्ध गराएका छ्न साथै उहाँलाई सम्पर्क गर्न मोबाइल नम्बर  –९८००९५९०२४/९८२४३३६४२४/ उपलब्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित