धरान । फागुन १३ गते हुने धरान रनको लागि नाम दर्ता गर्नको लागि लामबद्ध रुपमा इच्छुकहरु लागिपरेका छन ।
शुक्रवार धरान रनको कार्यालय अगाडि टेम्पो स्टेन्डमा दौडका पारखिहरु नाम दर्ता गर्न र टिसर्ट प्राप्त गर्न लामबद्ध देखिन्थे । शनिवार ११ औ धरान रनको लागि नाम दर्ता धमाधम भैरहेको छ । आयोजकले रनको लागि दर्ता शुल्क ५ सय रुपैया तोकिएको छ । विद्यार्थीको लागि भने ४ सय रुपैया तोकिएको छ ।
यसपटक ११ औं नेवा च्यारिटि धरान रनको धरानको बजारमा वान वे गरेपछि भने रुट परिवर्तन भएको छ । यस पटक पुतलीलाइनबाट दौड सुरु गरेर पुरानो बजार, पालिका बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, रेडक्रस भवन, अमरहाट, जिरो पोइन्ट, जानकी चौक, स्वस्तिक चौक, मंगलवारे, रत्न चोक, वद्ध चोक, दुर्गा चोक हुदै पुतली लाइनमा नै समापन हुने कुरा आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैया , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो उपाधि विजेताले ४० हजार नगद र तेस्रो उपाधि विजेताले ३० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा १३ वर्ष मुनि, ४० देखि ५९ वर्ष सम्मका भ्रेटान, ६० देखि माथी सुपर भ्रेटान व्हिलचियरको छुट्टै प्रतियोगिता गराइने जानकारी दिए ।
Discussion about this post