धरान । हालसालै धरानमा गठन भएको महिला समुह गिन्नाब पोङ्ज (समुह) लाई चेपुवा निवासी धेन्डुब नुप्पाले दश हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
लोसरको अवसरमा धेन्डुबले नव गठित महिला समुहलाई धरान १५ स्थित श्री हिमाली शिङ्साबा भोटिया समाज भवन परिसरमा हस्तान्तरण गरीएका हुन । धेन्डुबले समुहका सबै उपलब्ध पदाधिकारी सहित समुह माझ हस्तान्तर गरिएको हो । उनि विगत केहि वर्षदेखि दक्षिण कोरियामा वैदेशिक रोजगारमा कार्यारत छन ।
आर्थिक सहयोग ग्रहण गरेपछि गिन्नाब पोङ्ज (समुह) खादा लगाएर सम्मान गरेका थिए । ह्योइ लो लोसरको अवसरमा समाजको भवन परिसरमा सामुहिक दिवा भोजको आयोजना गरिएका थिए । लोसरको अवसरमा विभिन्न खेल खेलाएका थिए । उनले हाँडि फुटाउने खेलमा समेत पुरस्कारको ब्याबस्था गरेका थिए । खेलमा टाईगर श्रीमानश्रीमतिले छुट्टाछुट्टै हाँडि फुटाएर पुरस्कार जितेका थिए ।
लोसरको अवसरमा मौलिक स्यप्रो नाचेका थिए । त्यसैगरी मौलिक खेल पारास्यु पनि खेलिएका थिए । यस वर्ष बाघ वर्ष (ताघ लो) लाई बिदाई गर्दै योइ लो (खरायो वर्ष ) वर्षलाई देश विदेशमा भब्य रुपमा मनाईरहेका छन । ज्यालो लोसर पुरानो वर्षको औंसिको अघिल्लो दिनदेखि मनाईन्छ भने नयाँ वर्षको पहिलो दिन परेवा तिथिदेखि पुर्णिामासम्म मनाईन्छ ।
Discussion about this post