किमाथांकामा ७ लाख ६५ हजारको खाद्यान्न बितरण

किमाथांका (संखुवासभा ) । संखुवासभा जिल्लाको उत्तरी चीन नाका किमाथांकामा राहत स्वरुप ७ लाख ६५ हजार बराबरको खाद्यान्न वितरण गरिएको छ ।

कोरोनाको कारण देखाउदै लगातार तीन वर्षयता किमाथांका नाकाबन्दी भएपछि समस्या भएको छ । स्थानीय स्तरमा खाद्यान्न रोजगार ब्यापार भैरहेको अवस्थामा नाकाबन्दी भएपछि ३५ घरपरिवार बढि काठमाडौ बिस्थापित भएका छन । त्यहाँका स्थानीय थप बिस्थापित नहोस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिको कुरा वडा अध्यक्ष नुर्पु च्यावाले जानकारी दिए ।

७ लाख ६५ हजार मध्ये जेन्जेन लामाको तर्फबाट ३ लाख ५५ हजार,भोटखोला गाउँपालिकाबाट २ लाख १० हजार र वडा नम्बर १ बाट २ लाख रुपैया ब्यहोरेको बताए । एक घर परिवार बराबर ६५ किलो चामल र १५ किलो नुन उपलब्ध गराएको जानकारी दिए ।

किमाथांका नाका खुल्ला भएको अवस्थामा उत्तरी क्षेत्र सबैलाई खाद्यान्न रासायनिक मल लत्ताकपडा रोजगार लगायतको सुबिधा भैरहेका थिए । त्यसैगरी नेपालबाट जडिबुटी,काठ,बाँसबाट बनेका सामग्री लगायत चीनतर्फ जाने गर्थे । नाका खुल्ला हुँदा केहि महंगो भए पनि सदरमुकाम खाँदबारी भन्दा सहज हुने गर्छ । लामो दुरिसंगै यातायातको सुबिधा नहुँदा भने बर्खायाममा कठिन परिस्थिति सिर्जना हुन्छ । त्यसैगरी हिँदकोबेला हिँउ परेपछि अर्को प्राकृतिक नाकाबन्दी हुन्छ । कोशि राजमार्गको सडकखण्ड च्याम्ताङ छुमुसुरमा निर्माण कार्य भैरहेकोले रित्तो मान्छे समेत किमाथांका पुग्न कठिन रहेको छ । एकमात्र विकल्प हवाई मार्ग हेलि भएकोले त्यो झन महंगो पर्न जान्छ ।

कोरोनाको कारण देखाउदै तीन वर्षदेखि चीन सरकारले गरेको नाकाबन्दीको कारण किमाथांका,रिदाक थुदामबाट करिब ७० घरपरिवार बिस्थापित भएका छ्न । नाकाबन्दी लम्बिने अवस्था भए थप स्थानीय बिस्थापित हुने कुरा त्यहाँका स्थानीय सहित जनप्रतिनिधिहरुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित