धरानमा ग्यास बिष्फोट ८ जना घाईते,सबैको थप उपचारको लागि काठमाडौ रिफर (भिडियो सहित )

 

धरान । धरान उपमहानगरपालिमा वडा नम्बर १७ आदर्श चोक नजिक  ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् ।

सोमबार साँझ भएको घटनामा सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट भएको कुरा इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बिष्फोटमा परि  ८ जना घाइते भएको कुरा सबिता राईका आफन्त धरान-१५ निवासी प्राथन राईले जानकारी दिए । प्राथन राई र हरि राईले आफ्ना बुहारी सबिता राई र उनका बहिनि सोनि राई घातनामा घाईते भएको बताए । अहिले सबै घाइतेको उपचार बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भैरहेको छ । तर प्राथन राईले सबै बिरामिलाई काठमाडौ रेफर गरेको बताए । उनले भने -“थप उपचारको लागि काठमाडौ लान भनिएको छ तर प्लेनको टिकट मिलेको छैन ।”

घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का रहेकाछन् ।

घाइतेको अवस्था बुझ्न उपमेयर आईन्द्र बिक्रम बेघा सहित जनप्रतिनिधि पुगेका छन । उपमेयर बेघाले स्थलगत निरीक्षणपछि तल्लो तलामा बिष्फोटपछि मान्छेको छाला कपाल टासिंएको अवस्थामा रहेको बताए ।त्यसैगरी माथिल्लो तलाको आल्मुनियम झ्याल सबै उखेलिएको अवस्थामा रहेको बताए । ग्यास पड्किन्छ भन्ने सुने थाहा पाए पनि यस्तो किसिमको घटना नदेखेको बताए । उनले यस्तो प्रकारको घटना अचम्म भएको बताए ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी मल्लले दुई जनाको अवस्था गम्भीर रहेको बताए । थप उपचारको लागि एयर एम्बुलेन्सबाट काठमाडौ पठाउने तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित