धरानमा कडाइकासाथ एकतर्फी सवारी व्यावस्थापन,साईकल समेत छिर्न नदिने मेयर साङ्पाङको उद्घोष(भिडियो सहित )

धरान । धरान उपमहानगरपालिका भित्र रहेको अस्तब्यस्त सवारीलाई व्यावस्थापन गर्न एकतर्फी बाटो तय गरीएको छ ।

फागुन ८ गतेदेखि धरानको मुटु लोकतान्त्रिक चौतारी भानुचोकदेखि उत्तरतर्फ लक्ष्मी चोकसम्म एकतर्फी गरीको छ । मेयर हर्क साङ्पाङ सोमबार एकतर्फी गरिएको रोडमा बाटोमा पैदल हिडेर परिक्रमा गरे । मेयर साङ्पाङलाई उपमहानगर उप प्रमुख आईन्द्र बिक्रम बेघा प्रदेश ट्राफिक प्रहरी नागरिक समाज यातायात व्यावसायी लगायतले साथ दिएका थिए ।

बसपार्क भानुचोकदेखि लक्ष्मि चोक वाणिज्य संघ सिहदेबि चोक,माछाभौडि देशिलाईन हुँदै पुनः भानुचोकमा जोडिनेछ । यस अघी पनि एकतर्फी गरिएका थिए । तर ठुला सवारीलाई मात्र गरिएका थिए । सोमबारदेखि भने ठुलासाना तथा सबै सवारी एकतर्फी गरिएको कुरा मेयर साङ्पाङले बताए । मेयरले अवको एकतर्फीमा साईकल समेत छिर्न नदिने बताए । उनले थप अन्य स्थानमा पनि एकतर्फीको व्यावस्थापन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित