काठमाडौ । नेपाल होचा पुड्का संघको आयोजनामा नेपाल भर छरिएर रहेका होचा पुड्काहरुलाई विविध बिषयमा तालिम संचालन गरिएको छ ।
संघको आयोजनामा २७ जनालाइ नियमित रुपमा अभिनय नृत्य तथा कम्प्युटर तालिम सन्चालन भैरहेको छ । तालीम गत माघ २ गतेदेखि विभिन्न तीन बिधामा प्रशिक्षण दिदै आइरहेका छन । तालीम तथा प्रशिक्षण अन्तर्गत कम्प्युटरकोल लागि ७ जना रहेका छन ।त्यसैगरी अभिनयमा १० जना र नृत्यमा १० जना होचा पुड्का महिला तथा पुरुसहरुको सहभागी रहेको कुरा संयोजक श्याम कुमार पण्डितले जानकारी दिए ।
तालिम तथा प्रशिक्षणको बिषयमा संघको अध्यक्ष समिता कुमारी दुलालका अनुसार २०६० साल बैसाख १० गते बिधिवत रुपमा दर्ता भएर विभिन्न बिसयमा तालिम सन्चालन गर्दै आइरहेको र सोही कार्यको निरन्तरतामा संघ रहेका छन । उनले बिगतमा झण्डै संस्था बिलुप्त भैसकेको अवस्थाबाट फेरि हामी नयाँ कार्यसमिती गठन भए पश्चात् संस्थालाई पुनर्जिवन दिन सक्षम भएको बताए ।
नृत्य तथा अभिनय प्रशिक्षण बिगत साडे दुई दशकदेखि निरन्तर कलाकारिता क्षेत्रमा समर्पित कलाकार निर्देशक रङ्गकर्मी प्रल्हाद खरेलले दिदै आइरहेका छन । त्यसैगरी कम्प्युटर तालिम कान्तिपुर टेक्निकल इन्स्टिच्युटमा सन्चालन भैरहेको छ ।
बिगतका बर्षमा झै यसपटक पनि समापन कार्यक्रममा हामी होचा पुड्का ब्यक्तिहरुकै कथामा आधारित नाटक लिएर आउने रङ्गकर्मी प्रल्हाद खरेल बताए । खरेलले भने – “हामी निरन्तर होचा पुड्का ब्यक्तिहरुको हक हित संरक्षण गर्दै कलाकारिताको माध्यम बाट परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन लेराउन र रास्ट्रलाइ गच्घचाउदै आइरहेका छौ ।”
संघका सचिव निश्चल श्रेष्ठका अनुसार आगामी दिनमा पनि हामी विभिन्न किसिमका तालिम सन्चालन गर्दै जानेछौ र संघ को गरिमा बढाउन हामी सधै तत्पर रहने बताए । संस्थाले अन्य जिल्ला बाट आएका ब्यक्तिहरुलाइ बसोबासको ब्यबस्था पनि गर्दै आइरहेको छ । महिला बाल बालिका तथा ज्येस्ठ नागरिक मन्त्रालयको अनुदान सहयोगमा सन्चालित उक्त तालिम आउदो चैत्र को पहिलो हप्तासम्म सन्चालन हुनेछ ।
Discussion about this post