काठमाडौ । जनता समाजवादी पार्टीले प्रतिष्ठानमा गरिएको असमावेशी नियुक्तिप्रति निकालिएको प्रेस बिज्ञप्तिमा लेटरप्याड दुरुपयोग गरेको आरोप लगाएको छ ।
जनता समाजवादी पार्टीको छ वटा राष्ट्रिय समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड दुरुपयोग गरेको जनाएको छ । आइतबार जारी गरीएको प्रेस बिज्ञप्तिमा रमेश राई अध्यक्ष किरात राष्ट्रिय समिति, खगेन्द्र माखिम अध्यक्ष लिम्वुवान राष्ट्रिय समिति,दलमर्दन कामी सहईन्चार्ज शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति,वमदर्लामी मगर प्रतिनिधी मगरात राष्ट्रिय समिति,नोरमान तामाङ उपाध्यक्ष तामसालिङ राष्ट्रिय समिति,आङ काजी शेर्पा ईन्चार्ज प्रवास विशेष समितिले संयुक्त हस्ताक्षर गरीएका छन ।
बिज्ञप्तिमा जनता समाजवादी पार्टी , नेपालको लेटरप्याड दुरूपयोग गरेर केन्द्रीय प्रचार विभाग प्रमुखले २०७९ फागुण ५ गते जारी गरिएको प्रेस विज्ञप्तीले पार्टी पंक्तीमा अन्यौलता श्रृजना गरी गम्भिर क्षती पुऱ्याएको प्रति ध्यान आकृष्ट भएको जनाएको छ ।यस बिषयमा १० प्लस १ राष्ट्रिय समितिका उपलब्ध अध्यक्षहरू तथा प्रवास संगठनले जसपाका सङ्घीय परिषद अध्यक्ष, केन्द्रीय कार्यकरिणी अध्यक्ष, कार्यालय प्रमुख लगायत कार्यकरिणी समितिका सदस्यहरूसंग भेट गरी वास्तविकता बुझिएको जनाएको छ । भेटमा जारी भएको तथाकथित प्रेस विज्ञप्ती तत्काल फिर्ता गर्न र केन्द्रीय प्रचार विभाग प्रमुखलाई लेटरप्याड दुरूपयोग गरेकोमा तत्काल पदबाट निलम्वन गरी हदैसम्मको कारवाही गर्न माग गरिएको जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिष्ठानमा राईको बाहुल्य नियुक्ति गरेको आलोचना सामाजिक संजालमा आईरहेको बेला जनता समाजवादीका पार्टीका प्रचार विभाग प्रमुख पुर्ण बस्नेतको हस्ताक्षर सहितको असन्तुष्टयुक्त ध्यानाकर्षण बिज्ञप्ति फागुन ५ गतेको मितिमा जारी भएका थिए ।
जसपाले जारी गरिएको बिग्यप्तिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा गरेको उपकुलपति र प्राज्ञहरुको नियुक्तिप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानको मर्म र भावना तथा समावेशिताको सिद्दान्त विपरित गरिएका नियुक्तिहरु सच्चाई समानुपातिक समावेशीताको मर्म अनुकुल हुने गरी नियुक्ति गर्न जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ, उल्लेख थिए ।
जसपाको त्यो बिज्ञप्तिले पार्टी र नेताको नाम तोकेर सामाजिक संजालमा ब्यापक आलोचना बिरोध भैरहेका छन ।
Discussion about this post