बुढासुब्बा गोलडकप उपाधि जितेको चार वर्षपछि पुरस्कार दियो

धरान । २०७६ सालमा धरानमा सम्पन्न भएको २२ औ बुढासुब्बा गोल्डकपको पुरस्कार चार वर्षपछि बिजेता र उप बिजेता क्लबलाई उपलब्ध गराएको छ ।

धरान फुटबल क्लबले फागुन ५ गते प्रेस बिज्ञप्ति जारी गर्दै बिजेता बलब मनाङ मस्याङदी र उप-विजेता नेपाल पुलिस क्लबलाई उपलब्ध गराएको जनाएको छ । बिजेता र उपबिजेता क्लबलाई १२ लाख ५० हजार उपलब्ध गराएको कुरा धरान फुटबल क्लबले बिज्ञप्तिमा जनाएको छ ।

२०५५ साल देखि निरन्तर आयोजना हुँदै आएको बुढासुब्वा दुबोर्ग गोल्डकप फुटबल प्रतियोगिता कोरोना महामारीको कारण २ वर्ष स्थगित हुन पुगेको जनाएको छ । २२ औं संस्करण सम्पन्न भए लगत्तै कोरोना महामारीले सारा विश्वलाई नै आक्रान्त बनाएको भन्दै । परिस्थिति सामान्य हुन धेरै समय लागेकोले  बाध्यात्मक परिस्थिति सिर्जना भएको उल्लेख छ । अथक प्रयासका बाबजुद पनि २२ औं संस्करणको पुरस्कार राशी बिजेता बलब मनाङ मस्याङदी र उप-विजेता नेपाल पुलिस क्लबलाई समय में प्रदान गर्न  नसकेको उल्लेख छ ।

यस अघि मनाङ मर्स्याङ्दि क्लबले आफुले जितेको पुरस्कार राशि लामो समय बितिसक्दा पनि नदिएको भन्दै अखिल नेपाल फुटबल संघमा उजुरी दिएका थिए ।

बुढासुब्बा गोल्डकपको २३ औ संस्करण आगामी फागुन १३ गतेदेखि धरानमा संचालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित