इलाम । किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा १३ औं पवित्रहाङमा कप फुटबल खेल सम्पन्न भएको छ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा खेलकुद तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरि जन्मोत्सव मनाएको हो ।
बुधबार सम्पन्न भएको फुटबल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङले उपाधि चुम्न सफल भएको हो। स्थानीय समाजसेवी रिपल बान्तवा राईले जानकारी दिए अनुसार फुटबलको फाईनल खेलमा मानेभञ्ज्याङ् फुटबल क्लब दार्जिलिङ र नवदीप युवा क्लव मिक्लाजुङ मोरङको भिडन्त भएका थिए । मानेभञ्ज्याङले मोरनगलाई ७-६ गोलले पराजित गर्दै उपाधि हात पारे । बिजेता टिमले नगद २ लाख रुपैया हात पारे । त्यसैगरी उप बिजेता टिमले नगद एक लाख रुपैया हात पारे ।
बिजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सडक पुर्वाधार तथा सहरी बिकास मन्त्री दुर्गा चापागाईंले पुरस्कार बितरण गरेका थिए । जन्मोत्सवको उद्घाटन भने प्रदेश १ का स्वास्थ्य मन्त्री निर्मला लिम्बुबाट भएका थिए ।
Discussion about this post