समाजवादी महिला फुटसल कप बिबिएस दोस्रोको पोल्टामा

धरान । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्यामपस धरानले आयोजना गरेको महिला फुटसल कप बिबिएस दोस्रो वर्षले जितेको छ ।

बिहिवार धरानमा सम्पन्न प्रतियोगिताको फाईनलमा बिएड पहिलो वर्षसंग भिडन्त भएका थिए । प्रथम स्थान हासिल गर्दै बिबिएस दोस्रो वर्षले नगद पुरस्कार ८ हजार ८ सय ८८ रुपैया मेडल प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुने बिएड पहिलो वर्षले नगद ५ हजार ५ सय ५५ रुपैया मेडल प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी समाजवादी महिला फुटसल कपमा उत्कृष्ट खेलाडी:तुलसा सिंगक(बिबिएस-||),उत्कृष्ट गोलरक्षक सपना लिम्बू (बिएड-| 2078 ब्याच) र सर्वाधिक गोलकर्ता ललिता लिम्बू(बिबिएस-||) ले उपाधी जित्न सफल भएका थिए । प्रतियोगितामा १७ टिम सहभागी सहभागी भएका थिए ।

फाइनल समापनको अवसरमा खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै समाजवादी विद्यार्थी युनियन धरानका अध्यक्ष युवराज अलौकिकले समाजवादी विद्यार्थी युनियन इकाई कार्यसमिति म.ब.क्या. धरानले आगामी दिनहरुमा खेलकुद लगायत विद्यार्थीहरुको शैक्षिक सुधारको लागि रचनात्मक,ब्याबहारिक तथा बौद्धिक खालका कार्यक्रमहरु पनि निरन्तर रुपमा गरिरहने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित