धरान । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानले ४८ घन्टे अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ ।
युनियनक अध्यक्ष युवराज राई र सचीव अस्मिता सिङ्गाकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राज्यवाट उत्पीडन तथा विभेदमा पारिएका वर्ग र समुदायका विद्यार्थीहरुको हक र अधिकार सुनिश्चित गर्दै हाम्रो संगठनले लिएको त्रिभाषीय नीतिलाई आत्मसात गरी मुलुकको शिक्षा प्रणली तथा विधिमा आमुल परिवर्तन गर्दै प्रगतिशिल तथा वैज्ञानिक शिक्षा लागू गर्दै आम विद्यार्थीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले समाजवादी विद्यार्थी यूनियन क्रियाशिल रहेको उल्लेख छ ।
समाजवादी विद्यार्थी युनियन इकाइ कार्यसमिति महेन्द्र बहुमुखी क्याम्पसका प्रयास विच मिति २०७९ असार १२ गते भएको दुई पक्षिय सहमती अनुसार स्वास्थ्य बिमा सेवा सुविधा लागू गर्नु पर्ने, क्याम्पसमा सि.सि. क्यामेरा जडान गर्नुपर्ने, प्राध्याक तथा कर्मचारिको हाजिरि डिजिटल पद्दति द्वारा गर्नुपर्ने, नयाँ कक्षाकोठाहरु थप गर्नुपर्ने मागहरु सहमतिअनुसार कार्यान्वयन भइसकेको पनि बिज्ञप्तिमा उल्लेख छ ।
यतिले मात्रै क्याम्पसलाई व्यवस्थित, वैज्ञानिक र अनुशासित ढड्ग बाट सञ्चालन गर्न नसकिने भन्दै १२ बुँदे माग अगाडि सारिएको छ । २०७९ असार १२ गते समाजवादी विद्यार्थी युनियन इकाइ कार्यसमिति , महेन्द्र बहुमुखी क्याम्पस र क्याम्पस प्रशासन विच भएको ११ बुँदे सहमति अनुसार कार्यान्वयन हुन बाकी मागहरु पुनः स्मरण गराउदै थप क्याम्पसका समस्याहरुलाई तत्काल समाधान गर्न समाजवादी विद्यार्थी युनियन इकाइ कार्यसमितिले माग गरेका छन । समाधान नगरे आन्दोलनको चेतावनी दिएको छ ।
१२ बुंदे मागहरु यस्ता छन :
१) विद्यार्थीहरुको सुरक्षा तथा अनुशासनलाई मध्यनजर गर्दै डिजिटल बोर्ड सहितको गेट निर्माण गरी सुरक्षा गार्ड र गेटमा समेत सि.सि. क्यामेरा जडान गर्नुपर्ने ।
२ )विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी पुस्ताकलयमा पुस्तक व्यवस्था गर्ने, पुस्ताकलय रुपान्तरण गर्न र प्रति विद्यार्थी ३ वटा सम्म पुस्तकको व्यवस्था गर्नुपर्ने ।
३) मानविकी र व्यवस्थापन स्वसरह शिक्षा संकायमा पनि २०१, छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने
४)पुराना भवनहरुको कक्षा कोठामा रहेका पुराना डेस्क, बेन्चहरु तत्काल परिवर्तन गरी नयां व्यवस्था गर्नुपर्ने ।
५) क्याम्पस अगाडि रहेको सडकमा सवारी साधनको आवाजले पठनपाठनलाई अत्याधिक बाधा पुर्याउने भएकोले सम्बन्धीत निकायसँग समन्वय गरी हर्न निषेधित क्षेत्र बनाउने साथै गति सिमितको लागि आवश्यक ठाउमा स्पिड ब्रेकर को व्यावस्था गर्नुपर्ने र जेवा सिङ्गको समेत निर्माण गर्नुपर्ने । क्याम्पसमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुको स्वास्थलाई मध्य नजर गर्दै अनिवार्य रुपमा एक जना
६ )स्वास्थ्यकर्मी (नर्स) नियुक्ति गर्नुपर्ने रामिक गर्नुपर्ने । प्रामिक उपचार (First Aid) का लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था महिलाहरुले प्रयोग गर्ने प्याडलाई व्यावस्थीत गर्नका लागि छुट्टै डस्ट बिनको व्यावस्था गर्नुपर्ने ।
७ ) प्रयाप्त मात्रामा डस्ट बिनको व्यावस्था गरी सरसफाई कर्मचारी तत्काल थप गर्नुपर्ने ।
९) परीक्षाको समयमा क्याम्पस परीसर भित्र होहल्ला हुने किसीमका कुनै पनि कार्यक्रमहरु गर्न नपाउने गरी सम्बन्धीत पक्षलाई क्याम्पसले नियमन गर्नुपर्ने ।
१०) निर्माणाधिन शौचालयको बाकि निर्माणकार्य तत्काल थालनी गरि निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्ने।
११) क्याम्पसको हरेक संकायका हरेक कक्षाहरुमा पठनपाठनलाई नियमित, व्यावस्थीत ढङ्गबाट अनुकुल वातावरण निर्माण गरी संचालन गनुपर्ने ।
१२) पर्याप्त मात्रामा खेलकुद सामग्रीहरु उपलब्ध गरानुपर्ने ।
Discussion about this post