जनयुद्ध दिवसमा रक्तदान तथा सहिद परिवार सम्मान कार्यक्रम भिडियो फोटो सहित

जनयुद्ध दिवसमा रक्तदान तथा सहिद परिवार सम्मान
धरान । २८ औ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र धरानले रक्तदान तथा सहिद परिवारलाई सम्मान कार्यक्रम गरीएको छ ।

फागुन १ गते धरानको लोकतान्त्रिक चौतारीमा औपचारिक कार्यक्रमका बीच रक्तदान तथा सहिद परिवारलाई सम्मान गरीएको छ । प्रदेश १ सडक पुर्वाधार तथा शहरी बिकास मन्त्री दुर्गाप्रसाद चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । मन्त्री चापागाईंले सहिद परिवारलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले जनता समाजवादी लगायतका नेताले शुभकामना दिएका थिए । कार्यक्रम पार्टी नगर अध्यक्ष सुर्य भट्टराईको अध्यक्षतामा भएको हो । कार्यक्रममा धरान उपमहानगर उप प्रमुख आइन्द्र बेघा,पार्टी नेताहरु चोत्लुङ,मुक्साम्हाङ मेन्याङ्बो लगायतको उपस्थिति रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित