काठमाडौ । रबि लामिछानेको सांसद पद सहित उपप्रधानमन्त्री गृहमन्त्री पद खुस्काईदिने ब्यक्ति युवराज पौडेल सफलले पार्टी समेत खारेजीको उजुरी दिएको छ ।
युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएको छ । निर्वाचन आयोगको कार्यालयमा माघ २९ गते युवराज पौडेलले दल खारेजीको उजुरी दिएको हो । उजुरीमा निर्वाचन आयोगमा मिति २०७९ असार १७ गते दर्ता नम्बर १८७ रही दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रुपमा अवैधानिक तथा अयोग्य रहेकोले सो दल खारेज गरी पाउँ भनी निवेदन पेश गरेको छु,उल्लेख छ । निर्वाचन आयोगले चितवनमा आगामी बैशाखमा उप निर्वाचन गर्ने घोषणा गरिसकेको छ । एकातिर उप निर्वाचन घोषणा गरिसकेको छ भने उप निर्वाचनमा लामिछानेको पार्टी भाग लिने अवस्थामा निर्वाचन आयोगमा दल विरुद्ध उजुरी परिसकेको छ । निर्वाचन अघि आयोगलको फैसलापछि भने राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था वार कि पार भैसक्नेछ ।
निवेदनमा दल दर्ता खारेजी हुनुको कारण समेत खुलाएका छन ।
सो दल खारेज हुनपर्ने जिकिर निम्नानुसार रहेको छ :
१. राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाको बखत २१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो ।
२. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको मिति २०७९।१०।१३ को फैसलाले अनागरिक एंव नेपाली नागरिक हुन अयोग्य ठहर गरेको छ ।
३. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को दल दर्ता सम्बन्धी व्यवस्थाको उप दफा (च)मा कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यबस्था गरिएको छ ।
४. दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्युनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सिमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो
५. अत माथिका प्रकरणहरु विवेचना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्युनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट संचालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारवाहीलाई अवैधानिक घोषणा गर्न माग गर्दछु ।
Discussion about this post