धितोमा राखिएको सुन लिन आउन बराहले बोलायो

धरान । केहि दिन अघि प्राईम बैंकले लिलाम गर्न लागिएको सुन धरान उपमहानगरपालिकाको रोहबरमा रोकिएपछि लिलाम हुनबाट जोगिएको छ ।

उक्त रोकिएको सुन लिन आउनका लागि बराह ज्वेलरी इन्ड्रष्ट्रीज प्रालिले सूचना जारी गरिएको छ । सुचनामा मिति २०७९ / माघ १६ गते धरान उपमहानगर पालिकाका मेयर, जन प्रतिनिधि, सुरक्षा निकाय, संचारकर्मी, बराह सहकारी पिडित संघर्ष समिति र सरोकारवालाहरु पक्ष बिच ग्राहक स्वयमले सुन उकासी लैजाने सहमति भए अनुसार, प्राईम कमर्शियल बैंक लि. धरानमा भएको सामान उक्त बैंक खातामा रकम जम्मा गरि आ-आफ्नो सुनका गरगहनाहरुलाई झिकेर लगि सामान एवम् सम्पति सुरक्षित गर्नु हुन हार्दिक अनुरोध गर्दछौं भनिएको छ । सूचनामा अन्यथा बैंक एवम् प्रा.लि. को नियम अनुसार प्रकृया अगाडि बढ्ने व्यहोरा जानकारी गराउदछौं भनिएको छ ।

बराहको ग्राहकले राखिएको धितोको सुन बराहको नाममा बैंकमा राखिएपछि साँवाब्याज नबुझाएको भन्दै लिलामिको लागि सार्वजनिक सूचना प्रकाशन गरिएका थिए । सूचना अन्तिम समयमा मात्र थाहा पाएको भन्दै सुन धनिले तत्काल रोक्का गरेमा उकास्ने भनेर धरान उपमहानगरमा व्यापक छलफल भएका थिए । छलफलपछि बराहको संचालकको नाममा खाता खोलेको अवस्थामा रोक्का हुने र आफ्नो लागेको पैसा खातामा जम्मा गर्दै उकास्ने सहमति भएका थिए । बराहले ग्राहकले राखिएको सुन गरगहना थप कर्जा निकाल्न बैंकमा राखिएपछि बैकले लिलामिको लागि सार्वजनिक सुचना गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित