धरान । संबैधानिक व्यावस्था अनुसार धरान उपमहानगरपालिकाले कार्यालय अगाडि स्थानीय सरकार धरान उपमहानगरपालिका नगर कार्यपालिका लेखिएको बोर्ड राखिएको छ ।
धरान उपमहानगरपालिकाको बाह्रौ नगरसभाले कार्यालय अगाडि स्थानीय सरकार लेख्ने बिषयमा छलफल गरेका थिए । नगरसभामा कानुनी प्रावधानको समेत कुरा उठेपछि लेख्न सकिने निष्कर्ष सहित सर्वसम्मत रुपमा पारित गरिएका थिए । यसको प्रस्ताव उपमहानगरका मेयर हर्क साङ्पाङले नगर सभामा राखेका थिए ।
नेपालको संविधान( २०७२) को धारा ५६ को राज्य संरचनाको उपधारा( १) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ,प्रदेश र स्थानीय तह गरी तिन तहको हुनेछ उल्लेख छ ।
नेपालमा पहिलोपटक स्थानीय सरकार लेखिएको बोर्ड धरानमा मात्र भए पनि अन्य स्थानीय तहमा देवनागरी लिपि बाहेक सिरिजंगा लिपि,रंजना लिपि र सम्भोटा लिपिमा स्थानीय सरकारको नाम भने लेखिदै आएको छ ।
हाल संघीय सभामा दुई सदन छन । त्यसैगरी प्रदेशमा एक सदनात्मक व्यावस्था छ । त्यसैगरी स्थानीय तहमा ब्यावस्थापिकाको रूपमा नगरसभा भैरहेको छ । कार्यपालिकाको रुपमा कार्यपालिका बैठक हुने व्यावाथा छ । स्थानीय तहमा न्यायपालिकाको रुपमा उप मेयर तथा उपाध्यक्षको संयोजकत्वमा स्थानीय न्यायिक समितिको व्यावस्था गरिएको छ ।
Discussion about this post