धरानमा पाँचौ प्रदेश १ स्तरीय पुष्प मेला लागेको छ । मेलाको आज चौथो दिनमा अवलोकन गर्ने तथा किनमेल गर्ने उत्तिकै भिड छन । मेलामा धरान सहित बराहक्षेत्र नगरपालिका तथा झापा जिल्लाबाट समेत फुल बिक्रि तथा प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीको चौथो दिनमा प्रदर्शनिमा राखिएका नर्सरी व्यावसायीसंग बुझ्दा सन्तुष्ट भएको पाईयो । तर स्थानीय सरकारले भने यस बिषयमा चासो नदेखाएको कुरा नरहरि साङ्पाङले बताए । उनले धरानलाई फुलको पर्यटन बनाउन फ्लोरी कल्चर एसोसियसन रहेको बताए । आर्थिक उपार्जनको लागि पुष्प ब्यापार राम्रो रहेको भन्दै ग्राहकको माग पुर्याउन नसकेको बताए ।
सुरेन्द्र नर्सरीका संचालक सुरेन्द्र बिकले बराहक्षेत्रबाट आएको भन्दै चार दिनको बिक्रीमा सन्तुष्टि जनाए । आफ्नो लगानि कम भएकोले त्यहि अनुसार बिक्रि भएकोमा आफु खुशि रहेको सुरेन्द्रले बताए ।
Discussion about this post