पंजिकरण शिबिरमा दुईसय घरपरिवारले सेवा लिए,एक लाखबढि राजश्व संकलन

काठमाडौ । चीन सिमा जोडिएको ऐतिहासिक थातथलो शिङ्सालुङ हालको भोटखोला गाउँपालिकाले काठमाडौमा राखिएको पाँच दिने पंजिकरण शिबिरमा दुई सय घरपरिवारले सेवा लिएका छन ।

गत माघ २२ गतेदेखि २६ गतेसम्म काठमाडौको डायमण्ड रेस्टुरेन्ट एन्ड क्याफेमा संचालन गरिएको शिबिरमा अधिक मात्रामा सेवा पाएको कुरा भोटखोला गाउँपालिका प्रमुख वाङछेदर लामाले जानकारी दिए । शिबिरमा ब्यक्तिगत घटना ३१६ वटा दर्ता भएको बताए । जस अनुसार भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाको ५० वटा, वडा नम्बर २ को ११६ वटा,वडा नम्बर ३ को १३१ वटा,वडा नम्बर ४ बाट १३ वटा घटना दर्ता भएको बताए । प्रमुख वाङले यस क्रममा पालिकालाई एक लाख ७ हजार ८७५ रुपैया राजश्व संकलन भएको बताए । पालिकाको शिबिरले सेवा मात्र प्राप्त नगरी गाउँपुग्नुपर्ने अवस्थाको खर्च हिसाब गर्दा दुई सय घरपरिवार बराबर आउदाजाँदाको खर्च हिसाब गर्दा करिब पचास लाख बराबरको खर्च बचत भएको दाबि गरे ।

भोटखोला गाउँपालिकाबाट बिगत लामो धेरै वर्षअघिदेखि काठमाडौ बस्दै आएका छन । कोरोनाको नाकाबन्दीले किमाथांका रिदाक र थुदामबाट थप करिब १५० घरपरिवार बिस्थापित भै अस्थाई रुपमा बस्दै आएको कुरा यस अघि नै पालिकाले जानकारी दिइसकेको छ । पालिका प्रमुख वाङले शिबिरमा नाकाबन्दीबाट बिस्थापित घरपरिवारले भने बसाइँसराइ  घटना दर्ता नगरेको स्पष्ट पारे । हाल उनिहरु अस्थाई रुपमा मात्र बसोबास गर्दै आएको बताए । उनले शिबिरमा बिशेष गरेर जन्म दर्ता, बिबाह दर्ता, नाता प्रमाणित, तिरो, मृत्यु दर्ता आदि सेवा लिएको बताए ।

शिङ्सालुङ भोटखोलाबाट काठमाडौमा रोजगारको शिलशिलामा ट्रेकिङ लगायतका काम तथा शिक्षाका लागि बस्दै आएका छन ।

यसैबीच किमाथांका नाकाबन्दी सुचारु गर्न माग गर्दै भोटखोला प्रमुखको नेतृत्वमा बुधबार परराष्ट्रमन्त्री विमला राई पौड्याललाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री पौड्यालले नेपालका लागि चिनियाँ राजदूतसँग समन्वय गरी विगतमा झैँ स्थानीयवासीलाई व्यापार गर्नका लागि नाका सुचारु गर्न पहल गर्ने आश्वासन दिएको कुरा प्रमुख वाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित