लिम्बु याक्थुङ समुदायको आध्यात्मिक आस्थामाथि कुल्चिने केवलकार निर्माण गर्न नदिने युवा संघको उद्घोष

धरान । जनता समाजवादी पार्टीका युवा भातृ संगठन समाजवादी युवा संघले ताप्लेजुङको मुकुङलुङमा बन्न लागेको केबुलकार निर्माण गर्न नदिने उद्घोष गरेको छ ।

समाजवादी युवा संघ प्रदेश १ समितिका मुख्यसचिव निशान किराँती र अध्यक्ष श्री सुब्बाद्वारा हस्ताक्षरित  प्रेस बिज्ञप्ति जारी गर्दै विकास र पर्यटन प्रवर्द्धनको नाममा  आध्यात्मिक आस्था माथि कुल्चेर एउटा नाफाखोर कम्पनीलाई केवलकार निर्माण गर्नदिने पक्षमा कदापि  नरहेको उल्लेख छ । बिज्ञप्तिमा याक्थुङ जातिको पवित्र आध्यात्मिक आस्था केन्द्रको रुपमा रहेको मुक्कुमलुङ आप्रवासन विस्तारसँगै नवआगन्तुक समुदायबाट नाम परिवर्तन गरी पाथिभरा भन्न थालिएको उल्लेख छ । त्यसलाई राज्यले अनौपचारिक रुपमा स्थापित मात्र गरेन हिन्दुहरुको प्रसिद्ध धार्मिक स्थल भनेर अतिक्रमण गर्न थालेको आरोप छ । युवा संघ त्यसैले अतिक्रमण र हिन्दु उपनिवेशीकरणको विरुद्धमा विगत केही वर्षदेखि आन्दोलित छौं भन्ने कुरा अवगतै छ भनिएको छ ।

केवलकार निर्माणले आध्यात्मिक आस्थाको केन्द्र माथि प्रहार गरेको भन्दै वनजंगल नष्ट भई बाढी पहिरो, भूक्षय जस्ता देवी विपत्तीको सामना समेत गर्नुपर्ने अवस्था आउने जनाएको छ । त्यसैगरी  पानीको मुहान सुक्ने, सुख्खा बढ्ने र जैविक विविधता नष्ट हुने दाबि छ । वातावरण तथा पर्यावरणमा समेत गम्भिर असर पुग्ने भन्दै प्राकृतिक सम्पदा नष्ट गर्ने र आसपासका वस्तीहरु अत्यन्तै जोखिममा पर्ने तर्फ ध्यानाकर्षण गरिएको छ । बिज्ञप्तिमा ऐतिहासिक नाम मुक्कुमलुङ कायम गरी निरन्तरता दिनुपर्ने माग गरिएको छ । मुन्धुमी मर्म र भावना अनुरुप यसको संरक्षण र विकास गरिनुपर्ने भन्दै मुक्कुमलुङ संरक्षण र संचालनको अधिकार सम्वन्धित समुदायलाई हस्तान्तरण गर्नुपर्ने माग गरिएको छ ।

प्राकृतिक विपतीहरु सामना गर्दै पहिलो मानव वस्ती बसाएर सृष्टि उमार्ने याक्थुङ (लिम्बू) समुदाय भएको जनाएको छ । याक्थुङ लिम्बु समुदायले सेन्छेलुङ, फक्ताइलुङ, सेवालुङ, मुक्कुमलुङ जस्ता अनेक हिमशिखर र पहाड पर्वतको नाम राखेको जनाएको छ । प्रकृतिपूजक याक्थुङहरुले तिनैलाई देवीदेवता मानेर पुज्दै र भक्ति गर्दै तिनको काखमा इम्बिरी याडधाडचा, तमोर क्षेत्र आसपासमा पृथक मुन्धुम परम्परा र मुन्धुम सभ्यताको विकास गरेको दाबि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित