तिनकुनेदेखि भेडेटारसम्म सडकको दायाँबायाँ सयपत्री फुल फुलाउने तिनदिने तालिम (भिडियो सहित )

 

धरान । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा तुलसा रिसर्च एन्ड ट्रेनिङ सेन्टरले तिन दिने सयपत्री खेतीको तालिम आयोजनाको शुरुआत गरिएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको प्रमुख आतिथ्य बिहिवार तालिमको उद्घाटन गरिएको छ । श्रमपार्क परिसरमा तालिम उद्घाटन गर्दै मेयर साङ्पाङले पाखाभित्ता नै पहेलै बनाउने बताए । आगामी दिनमा त्यस क्षेत्रमा सयपत्रीको फुल रोपेर निशुल्क बितरण गरिने कुरा मेयरले बताए ।

तालिमका लागि प्रशिक्षकको रुपमा रहेका कृष्ण राईले यस्ता तालिम पटकपटक गराए पनि परिणाम शुन्य भएको बताए । तर अवको दिनमा त्यसो नहुनेमा बिश्वस्त रहेको बताए । सयपत्री फुलको खेति आफुले पनि गरेको भन्दै भारतीय उत्पादनमा प्रतिस्पर्धा गर्न नसकेको बताए । त्यसको लागि भारतिय फुललाई थप कर लगाएको खण्डमा मात्र बजार लिन सकिने बताए । राईले सयपत्री फुलको रुपमा मात्र नभै यो आयुर्वेदिक औषधि गुणयुक्त रहने बताए । औषधिको लागि समेत प्रयोगमा ल्याउन सयपत्री उत्पादन गर्न आवस्यक भएको बताए ।

वडा नम्बर २० का वडा अध्यक्ष पदम लिम्बुले आफुले पनि फुलको खेति यस अधि गरेको बताए । तर त्यसैगरी प्रतिस्पर्धा गर्न नसक्दा खेति छाडेको बताए । सयपत्रीको फुल साच्चै औषधिय गुण हुने बताए । यसले निमोनिया भएकोमा निको हुने बताए । नेपालको उत्पादनको सयपत्रीमा बास्नायुक्त हुने बताए ।

आयोजक अध्यक्ष तुलसा ताम्लिले मेयर हर्क साङपाङको सपना साकार पार्नको लागि तालिमको आयोजना गरीएको बताए । उनले मेयर साङपाङको धरानको तिनकुनेदेखि भेडेटारसम्मको सडक दायाँबायाँ मा सयपत्री फुल फुलाउने योजना भएको बताए । उनले महिला स्वरोजगारको लागि पनि तालिम आयोजना गरिएको बताए । हाल धरानमा रहेका पुष्प ब्यापारी सजावट भारतिय मात्र रहेको भन्दै अवको दिनमा त्यस्ता ब्याबसायी धरानकै महिला रहेको देख्न पाउने योजना रहेको बताए ।

तालिम बिहीवारदेखि शुरु भै बिहान १० बजेदेखि दिउसो चारबजेसम्म हुने कुरा कार्यक्रम संचालक हेन्सेन याक्खाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित