काठमाडौ । सुरक्षित इन्टरनेट दिबसको अवसरमा काठमाडौंमा महिला तथा बालबालिकाहरुलाई कसरी इन्टरनेट अनलाईनबाट सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा बृहत अन्तरकृया र जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित इन्टरनेट दिबसको अवसरमा काठमाडौंमा भब्य कार्यक्रम बीच सम्पन्न भएका थिए । अहिले समाजमा भई रहेका सबै भन्दा चुनौतीको रुपमा इन्टरनेट अनलाईनबाट महिला बालबालिकाहरुमा यौनजन्य हिंसा, घरेलु हिंसा, साथै यौनजन्य अपराध प्रत्यक्ष अप्रत्यक्ष भईरहेकोबारे रोकथाम र निर्मलिकरणको समन्धमा समन्धित निकाय बिभिन्न संघसस्थाहरुले जानकारी दिएका थिए ।
मानब अधिकार महिला युबा ससक्तिकरण,सेलड्, सिविन नेपाल र टिडिआइ नेदरलेण्डद्वरा आयोजित कार्यक्रममा मानब अधिकार, महिला युबा ससक्तिकरण संस्थाका कार्यकारी निर्देशक भाबना ऐरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रमुख अथिथी राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष्य बमबहादुर बानियाबाट पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएका थिए ।
ईन्टरनेट र सामाजिक सन्जाललाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा रातो कमिला,( रेड एन्ट ) द्वारा बृतचित्र प्रस्तुत गरिएको थियो । मोती बिनायक बेसिक स्कुल का बिद्यार्थीहरुद्वारा इन्टरनेटको गलत प्रयोग र अज्ञानताले कस्ता कस्ता समयस्याहरु भइरहेका छन र हुने सम्भवानको बिसयमा नाट्य कथा प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा इन्टरनेट अनलाईनको माध्यमबाट बालबालिकाहरु लाई सामाजिक रुपान्तरन र बौद्धिक क्षमतामा बिकासको निम्ती नभै नहुने श्रोतको रुपमा लिन सकिने छलफल भएका थिए । तर यस्को सही तरिकाले प्रयोग नभएमा ठुलो समस्याको सुरुवात हुने माध्यम पनि हो भन्ने पनी जानकारी गराउनु दिएका थिए । इन्टरनेटकै माध्यम बाट बालबालिकाहरुले गलत प्रयोग गरे अनाबस्यक कुराहरु सिक्ने ,गलत साइटहरु खोल्ने हुनाले समन्धित निकायले १८ वर्षमुनिको उमेरकाले प्रयोग गर्नु मिल्ने साइटहरु मात्र ब्याबस्था गर्ने साथै आफ्ना बालबालिकाहरुलाई अभिभाबकले पनि आफ्नो मोबाइलहरु प्रयोग गर्न दिदा बच्चाहरुको निगरानी गर्ने वा के गर्दैछ भनेर बेला -बेलामा हेर्ने र बुझ्ने गर्नु पर्ने बताए ।सो कुरा समन्धित निकायले चाइल्ड फ्रेन्ड कन्टेन्टलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए । इन्टर्नेट अनलाईनबाट हुने केशहरु परिहालेमा र सुरक्षित राख्ने कसरी योजना भईरहेको र के के काम गरीरहेको छ भन्ने बारेमा साइबर ब्युरोका एस एस पि नबिन्द्र अर्यालले जानकारी दिए । कार्यक्रममा महिला बालबालिका सम्बन्धि देशमा रहेका सरकारी ,गैर सरकारी यस सम्बन्धि काम गर्दै आउनु हुने सम्पुर्ण संघ संस्थाहरु मिलेर यो अनलाईन इन्टर्नेटबाट हुने सम्पुर्ण समस्याहरुको रोकथाम र समाधान गर्न सकिने कुरा राष्ट्रिय बाल अधिकार परिषदका प्रमुख बम बहादुर बानिया र सिबिन नेपालका एक्जुकेटीभ डाइरेक्टर सुम्मिनिमा तुलाधरले प्रस्ट्याएका थिए ।
कार्यक्रममा कानुन अन्वेशण तथा स्रोत बिकास केन्द्र(सेलड्)का सदस्य उषा अधिकारी , साइबर ब्युरोका एस एस पि नबिन्द्र अधिकारि ,इस्पाइनका निर्देसक सुबास खड्का ,राष्ट्रिय बाल अधिकार परिषद का उपादक्षय बम बहादुर बनिया, संचार तथा सुचना प्रबिधिका उप सचिब इद्र प्रसाद मैनाली,बाल अधिकार कर्मी सुमित्रा अर्याल र सिविन नेपाल का निर्देशक सुम्निमा तुलाधरले बाल बालीलाहरुलाई ईन्टरनेट, अनलाईनबाट देखापर्ने समस्या र सुरक्षाको बारेमा आफ्नो-आफ्नो क्षेत्रको कार्यनिती र सुरक्षित राख्ने कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
Discussion about this post