अहिंसाको दुत बुद्ध जन्मस्थल लुम्बिनीमा हत्याकथा धार्मिक अनैतिक – चन्द्रप्रकाश बाँनिया

धरान । अहिंसाका दुत मानिने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा राम कथा वाचन गर्ने चर्चाले लुम्बिनी सहित देशभरमा बिरोध प्रदर्शन भए ।

लुम्बिनी बौद्ध धर्मको आस्थामा हिन्दु धरामिक अतिक्रमण भएको भन्दै बिरोध गर्दा प्रहरीले लाठि चार्ज गर्दा कैयौ घाइते भए । अन्तमा दुई पक्ष सम्झौता भयो । बौद्ध धर्मावलम्बीले त्यहाँ राम कथा वाचनको बिरोध स्वभाविक भए पनि गैर बौद्ध अझ आर्य समुदाय बौद्धिक ब्यक्तिबाट समेत लुम्बिनीमा राम कथा वाचनको बिरोध गरेको छ ।पोखराका बौद्धिक ब्यक्ति चन्द्रप्रकाश बानियाले लुम्बिनीको राम कथा वाचन अहिंसाका दुत बौद्धको हिंसायुक्त कथा राम कथा वाचन गर्नु ठिक नभएको बताए । बानियाले यस बिषयमा पटकपटक लगातार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्नु भएको छ ।

उनले फरक धार्मिक आस्थाको केन्द्रमा फरक धर्मको व्याख्यान दिने घृष्टता घोर अनैतिक कर्म हो भनिएका छन ।बानियाँले अहिंसाका दूत बुद्धको जन्मस्थानमा हिंसाचारको कथा वाचन गर्नु गलत भएको उल्लेख छ ।
उनले अहिंसाको मन्दिरमा हत्याकथाको भन्दै असन्तुष्ट जनाएको छ ।

चन्द्रप्रकाश बाँनियाका स्टाटस:
मर्यादा पुरुषोत्तम रामको कथा बुद्धस्थलमा वाचन गर्दा के फरक पर्छ र ?! “राम्रै त हुन्छ नि” भन्छन हिन्दूवादी पण्डाहरुले !

# राम कथामा रावण लगायत राक्षसकुल विनासको चर्चा छ ।

# राम कथामा खरदुषणहरुको बधको चर्चा छ ।

# राम कथामा सुर्पणखाँको नाककान काटिएको प्रसङ्ग छ ।

# रामकथामा सीतात्यागको कथा छ ।

# रामकथामा लक्ष्मणलाई घरबाट लगारेको कथा छ ।

# रामकथामा शम्बुक हत्याको कथा छ ।

ती सबै हिंसालाई प्रोत्साहन गर्ने घटनाहरु हुन अर्थात रामकथामा हिंसा व्याप्त छ हिंसाको चर्चाविना रामकथा अधुरो हुन्छ त्यसैले अहिंसाका दूत बुद्धको जन्मस्थानमा हिंसाचारको कथा वाचन गर्नु गलत हो भन्ने कुरा लुम्बिनी विकासको जिम्मा पाएका स्वाँठहरुले किन नबुझेका होलान् ?!!!!

मोरारी बाबू लुम्बिनीमा राम कथा वाचनका लागि आउने भएछन् । फरक धार्मिक आस्थाको केन्द्रमा फरक धर्मको व्याख्यान दिने घृष्टता घोर अनैतिक कर्म हो ।

धार्मिक नैतिकताकको अलिकता मात्रै सम्मान गर्ने मान्छेले त्यस्तो चेष्टा गर्दैन ।

कथावाचक साधु सन्तहरु कति अनैतिक हुन्छन् भन्ने कुराको उदाहरण भारतका जेलहरुको भ्रमण गरेर हेर्दा हुन्छ । मोरारी पनि त्यही कोटीमा मनुवा हुन् भन्ने कुरा उनको निर्लज्जताले स्पष्ट गरेको छ ।

सरकारी बुद्धिष्टहरु (सरकारले नियुक्त गरेका अधिकारीहरु) को मन्दबुद्धि र अज्ञानताको पराकास्टाको उदारण रामकथा वाचनको आयोजना होइन भन्न मिल्दैन ।

अहिंसाको मन्दिरमा हत्याकथा पारायण !!?

पशुपतिमा अहिन्दूहरुले टेक्न पाउदैनन् । न मस्जिदमा बाइबल पाठ गर्न पाइन्छ न गिर्जाघरमा नमाज चल्छ ।कुनै जमानामा हिन्दूहरुले बुद्धिस्टहरुको यति धेरै सातो खाएका रहेछन कि उनीहरुको सातो फर्केकै रहेनछ ।नत्र बुद्ध जन्मस्थलमा रामकथाको नौटङ्की कसरी चल्न सक्थ्यो र ?!!

सहिष्णुताले सीमा नाघ्यो भने त्यो कायरता ठहर्छ भनिन्छ क्या रे !!!? कमसेकम रामकथा पारायण रोक्न र लुम्बिनीको सभाहलको गलत प्रयोगमा संलग्न अधिकारीहरुको तत्काल खारेजीको मागपत्र सरकार समक्ष प्रस्तुत गर्ने पहल लिन सम्बन्धितहरु अघिसर्नु पर्दैन र ?!! के हेरेर बसेका छन् बुद्धिष्टसंस्थाहरु ?!! के हेर्दैछन् संस्कृतिमन्त्री ?!!

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित