चालिस प्रतिशतसम्म कम खर्च अनि भुकम्प प्रतिरोधि घर यसरी बन्ने भो (भिडियो सहित )

https://youtu.be/y_u0MbAM5LA

धरान । घर निर्माणमा खर्च बचाउनसंगै बिनासकारी भुकम्प बच्ने उपाय र मजबुत सहितको बिषयमा एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।

बिल्ड अप नेपाल इन्जिनियरिङ ललितपुरको आयोजना र फेमिलि इन्टर्लिङ ब्लक उद्योगको समन्वयमा धरान कल्याण चोकमा सम्पन्न भएको छ । धरानमा रहेका करीब ५० जनाबढी निर्माण व्यावसायी सहभागी गराएका थिए । हाल माटोबाट बनेको इँटा भन्दा सस्तो मजबुत अनि पर्यावरणमैत्री रहेको ईन्टरलक ब्लक प्रयोगले सस्तो राम्रो हुने कुरा व्यावहारिक रुपमा समेत अभ्यास गराएका थिए ।

बिल्ड अप नेपालका इन्जिनियर राजकुमार लिम्बुले नेपालमा २०७२ सालको बिनाशकारी भुकम्पपछि नेपाल सरकारबाट मान्यता प्राप्तपछि देशभर प्रशिक्षण दिएको बताए । बिल्ड अपका फिल्ड अफिसर जगदीश दाहालले १४ जिल्लाको भुकम्प पुन निर्माणपछि नेपालभर यस सम्बन्धि प्रशिक्षण जनचेतना दिइदै आएको बताए । पुन निर्माणपछि आजसम्म यस कार्यले उत्साहजनक रहेको दाबि गरे । नेपालमा बिल्ड अप आजसम्म अग्रपंक्तिमा रहेको दाहालले दाबि गरे ।

निर्माण मेशिनरीहरु नेपालमै डिजाइन गरी स्वीडेन इन्जिनियरिङबाट भारतमा निर्मित मेसिन बिल्ड अपले प्रयोगमा ल्याएको बताए । इन्टरलक ब्लक प्रयोगबाट लोडबेरी घर निमाणका लागि ३० देखि ४० प्रतिशत सस्तो पर्ने बताए । त्यसैगरी इन्टरलक ब्लक प्रयोगबाट आरसिसि घर निर्माण गर्दा १५ देखि २५ प्रतिशत कम लागतमा घर निर्माण हुने दाबि गरे ।

बिल्ड अपले हालसम्म काठमाडौ पोखरा लगायतमा ब्यक्तिको घर सरकार स्कुल लगायत ६ हजार बढि निर्माण कार्य सम्पन्न गरिसकेको बताए । यस निर्माण कार्यले पर्यावरणमा समेत टेवा दिएको बताए । इन्टरलिङ्क प्रयोगको लागि सुनसरी जिल्लाका अन्य स्थानीय तह संगै मोरङको बेलबारी,केराबारी हुदै इलाम फिदिमसम्म्को प्रशिक्षण तय गरीएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित