धरान । संविधान जारी भएपछिको दोस्रोपटकको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिचानबादि पार्टीको आकार खुम्चिएपछि बृहत पार्टी एकताको तयारीमा जुटेका छ्न ।
निर्वाचन परिणामसंगै अव पहिचानबादि पार्टी एक हुनुको विकल्प नभएपछि पछिल्लो समयमा पार्टी एकीकरणको अनौपचारिक रुपमा अगाडि बढिएको छ । यसै बिषयमा छलफलको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलाई पार्टी एकीकरणको छलफलको लागि तिनवटा दलले पत्राचार गरिएको कुरा बाहिर आएको छ । मंचलाई जनता समाजवादी,राष्ट्रिय जनमुक्ति पार्टी र यसैपटक गठन भै राम्रो मत परिणाम ल्याउन सफल नागरिक उन्मुक्ति पार्टीले पत्राचार गरीको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले पौष २९ गते पत्राचार गर्सकेको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले माघ २१ गते र जनता समाजवादी पार्टीले २३ गते पत्राचार गरेको खुलेको छ । पहिलो निर्वाचनमा संघीय लोकतान्त्रिकले प्रदेश १ मा समानुपातिकमा एकजना सांसद पाएका थिए । तर दोस्रोपटकको निर्वाचनमा त्यो पनि गुमाए । त्यसैगरी जनता समाजवादीले प्रदेश १ मा प्रत्यक्ष सहित ३ जना सांसद पाएका थिए । दोस्रोपटक भने खुम्चेर समानुपातिकमा एकजना मात्र सांसद भए । नयाँ पार्टी रेशम चौधरीले गठन गरेपछि भने पहिलोपटकमा नै सफलता हाँसिल गरेको छ ।
सबै पहिचानबादिको करिब करिब १० जोड १ प्रदेशमा सिद्धान्त मिल्छ । साथै जनसंख्याको आधारमा समानुपातिक समाबेशि,प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति,पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत मुख्य बिषयमा एकमत छ्न ।
यस अघि जनता समाजवादी पार्टी र माधव नेपालको नेकपा समाजवादी पार्टी एकीकरणको छलफल भएका छन ।
Discussion about this post