नेवा देय दबु पाँचकन्या गठन,गंगा श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति

धरान । साबिक पाँचकन्या (हालको धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६) मा रहेको नेवा: पुच: संस्थाको साधारण सभाबाट संयुक्त रुपमा समायोजन गर्दै नेवा: देय् दबू पाँचकन्या समितिमा रुपान्तरण भएको छ ।

सोहि अवसरमा धरान वडा नम्बर ६ निवासी गंगा श्रेष्ठको अध्यक्षमा ११ सदस्य समिति गठन गरिएको थियो । सो गठन कार्यक्रमलाई नेवा: पुच: का अध्यक्ष वीर बहादुर श्रेष्ठ एवम् नेवा: देय् दबू धरानका अध्यक्ष मनोहर शाक्य द्वयको उपस्थिति साथै कार्यक्रमका प्रमुख अतिथि नेवा: देय् दबू जिल्ला समिती सुनसरीका अध्यक्ष वसन्त कुमार श्रेष्ठको प्रमुख आतिथ्यता गर्नु भएको थियो । उक्त कार्यक्रममा नेवा: देय् दबू धरानका वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठ, सचिव दिपेन्द्र श्रेष्ठ, सदस्य द्वय हरि श्रेष्ठ र अभिमन्यु श्रेष्ठको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमलाई सफल बनाउन साबिक पाँचकन्या गा.वि.स. मा बसोबास गर्नुहुने नेवार समुदायको उपस्थिति र संगठन बारे उत्सुक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै धरान भित्र रहेको नेवारहरुको मौलिक पहिचानसंग जोडिएको पारम्परिक विषयबस्तु र राज्यले गरेको विभेदकारी व्यवहारलाई प्राप्तिको निमित्त सबै नेवार समुदाय एउटै मालामा बाधिएर अगाडि बढ्नु पर्छ भन्ने संदेश साथ संगठनको मूल मर्म र भावनालाई समुदायमा सम्बोधन गर्दै आजको आवश्यकता र आउदो समय फलदायी बनाउने कुरालाई माझ आफ्ना भनाईहरु धरान नगर अध्यक्षले जानकारी र अन्तर्कृया मार्फत राख्नु भएको थियो ।

कार्यक्रम प्रमुख अतिथिले बिगतलाई सम्झिदै संस्थागत रुप सानो कार्यक्षेत्र भित्र रहेपनि सकृय रहेका नेवारि संघसंस्थाहरु हाल राष्ट्रिय संगठनको महसुस गरेर आफ्नो संस्था र सदस्यहरुले राष्ट्रिय संगठनमा रुपान्तरण हुनु नेपाल भरिको लागि उदाहरणिय र खुसिको महसुस व्यक्त गरे । आउदो समयमा संस्थालाई अझबढी सशक्त र समुदायको स्तरलाई समुन्नत बनाउन नयाँ संस्थालाई नै सहि दिशा तर्फ लैजानु नै नेतृत्व बिकास र मार्ग दर्शन बिषय नेवा: देय् दबूका जिल्ला समिति, सुनसरीका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित