धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ खोलाबाट बिजुली निकालेको केहि महिनापछि हावाबाट बिजुलि निकालेर उद्घाटन समेत भएको छ ।
धरान उपमहानगर वडा नम्बर २० को वडा कार्यालय परिसरमा केहिदिन अघि ३ लाख ५५ हजार रुपैयामा हवाई टर्बाईन जडान गरिएका थिए । उक्त हावाको टर्बाईनबाट निकालिएको बिजुलिलाई विधिवत रुपमा आइतबार मेयर हर्क साङ्पाङले उद्घाटन गरेर बिजुली बालिएका हुन । उद्घाटनपछि वडा कार्यालय भित्र पाँच वटा बल्ब बलेको छ । उद्घाटन गर्दै मेयर हर्क साङ्पाङले यो नमुना मात्र भएको बताए । यसलाई वडा नम्बर २० को डाँडामा ठुलो भोल्डको राखेमा धेरैले बाल्न सकिने बताए । जसले गर्दा राष्ट्रिय प्रशारण लाईनमा बिल तिर्न नहुने बर्खामा पानीको चलाउन मिल्ने बताए ।
आइतबार उद्घाटन गरिको हावाबाट निकालिएको बिजुलि सहितको सबै अधिकार वडा नम्बर २० का वडा अध्यक्ष पदम लिम्बुलाई हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष लिम्बुले वडा कार्यालयमा भएको स्वास्थ्य चौकिमा बिजुलिको आवस्यक पर्दा जेनेरेटरबाट चलाउने गरेको बताए । अव हावाबाट निकालिएको बिजुलि भएपछि तेलको बचत जुने बताए ।
हावाबाट बिजुलि निकाल्न विशेषगरी प्राविधिक भुमिकामा तर्कबहादुर मगरले गरेको भन्दै उनले सम्पुर्ण खर्च सहि तिन लाख पैसठ्ठि हजारमा बनेको बताए । २०० वाटको क्षमता भएको भन्दै १२ वटा बल्बसम्म लगाउन सकिने बताए । उनले आवस्यक परेको खण्डमा थप ७ वटा बल्ब लगाउन सल्लाह दिए ।
Discussion about this post