राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक उच्चस्तरीय राजनीतिक संयन्त्रलाई समय दिदै सम्पन्न

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबि लामिछाने सांसद पद सहित उप प्रधातथा गृहमन्त्री समेत गुमेपछि केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बसेको छ ।

बिहिवार बसेको बैठकले उच्चस्तरीय राजनीतिक संयत्रको बैठक दुई दिनपछि बस्ने भएपछि त्यसका लागि समय दिन भन्दै बैठक सकिएको कुरा पार्टीले पत्रकार सम्मेलन गरेर बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने जानकारी प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपि ओलिले समेत पाएको उल्लेख गर्दै दुई दिनको समय मागेको पत्रकार सम्मेलनमा बताए । बैठकमा त्यहि बिषयमा छलफल भएको भन्दै थप छलफल आगामी दुई दिनमा राजनीतिक संयन्त्रको बैठकपछि बस्ने बताए ।

पत्रकार सम्मेलनमा जानकारी दिदै गृहमन्त्री पार्टीको भागमा नै पाएको भन्दै को पठाउने भन्ने निर्णय पार्टीले गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित