संखुवासभा (शिङ्सालुङ भोटखोला)। संखुवासभा जिल्लाको उत्तरी क्षेत्र चीन सिमासंग जोडिएको शिङ्सालुङ भोटखोला गाउँपालिकाले पालिकाबासिको सुबिधालाई मध्यनजर गर्दै काठमाडौ उपत्यकामा पंजिकरण शिबिर राख्ने भएको छ ।
पालिकाले माघ १८ गते सार्वजनिक सूचना जारी गर्दै यहि माघ २२ गतेदेखि २६ गतेसम्म ५ दिने शिबिर राख्ने जनाएको छ । काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका आकासेधारा स्थित डाईमण्ड रेस्टुरेन्ट एन्ड क्याफेमा कार्यालय समयमा हुने कुरा सूचनामा उल्लेख छ ।
सूचनामा नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभाग, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली अन्तर्गत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध बिच्छेद तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धीका कार्यहरु गरिने जनाएको छ । हाल गाउँपालिका तथा वडा कार्यालयबाट अनलाईन प्रविधिवाट दर्ता कार्य संचालन भईरहेकोमा भोटखोला गाउँपालिकाको काठमाण्डौ, ललितपुर र भक्तपुरमा अस्थाई बसोवास गर्ने भोटखोलावासीहरुलाई उक्त सेवा सुविधा लिने कार्यमा पर्न गएको असुविधालाई मध्यनजर गर्दै भोटखोला गाउँपालिकाले शिबिर राखिएको उल्लेख छ । शिबिरमा व्यक्तिगत घटना दर्ता(जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद) तथा सामाजिक सुरक्षा भत्ताको नयाँ लाभग्राहिको निवेदन गर्ने सम्बन्धी सेवा लिन छुट भएको लाभग्राहिहरुको विवरण संकलन तथा दर्ता कार्यको लागि सहभागी जनाउन सुचित गरिएको छ ।
भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांका र वडा नम्बर २ को रिदाक अनि थुदामबाट कोरोनाका कारण नाकाबन्दी भएपछि सत्तरी घरपरिवार गाउँ छाडि काठमाडौ बसोबास गर्दै आएका छन ।
Discussion about this post