दोस्रो प्रदेश १ स्तरीय अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिता हुने

धरान ।धरान बास्केटवल संघको आयोजना, अल्फाबिटा एजुकेसन कन्सल्टेन्टको प्रायोजनमा दोस्रो प्रदेश १ स्तरिय अल्फा विटा महिला पुरुष अन्तर .कलेज बास्केटवल प्रतियोगिता हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगिता आगामी फागुन ५ देखि १२ गतेसम्म हुने जानकारी दिए । प्रतियोगितामा पुरुष तर्फ २३ वर्ष मुनि उमेर सिमा तोकिएको छ भने महिलातर्फ उमेर सिमा खुला गरिएको छ ।

प्रतियोगितामा पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिम रहने छ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउनेछ। प्रतियोगिताको फाईनल खेल धरान १६ स्थित धरान रंगशाला वास्केटबल इन्डोर हलमा संपन्न हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फको बिजेताले नगद ३० हजार प्राप्त गर्ने छ । त्यसैगरी उप बिजेताले नगद १५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा महिलातर्फको बिजेताले नगद २० हजार प्राप्त गर्नेछ भने उप बिजेताले १० हजार प्राप्त गर्नेछ । खेल अवधिभर उत्कृष्ट खेलाडी महिला पुरुष र हाई स्कोरले नगद पुरस्कार प्राप्त गर्ने कुरा आयोजकले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित