सुनसरीमा ५ दैनिक र १९ साप्ताहिक पत्रीकाले वर्गीकरणको फारम भरे,मिडिया बाँच्न स्थानीय र प्रदेशको बिज्ञापन रोक्नुपर्ने

धरान । स्वस्थ,स्वच्छ,स्वतन्त्र,मर्यादित पत्रकारीता मैत्री प्रेस काउन्सिल नेपाल भन्ने मुल नाराकासाथ धरानमा पत्रकार आचारसंहिता तथा पत्रपत्रिका वर्गीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिलको आयोजनामा होटेल पुर्वी स्टारमा मंगलबार भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा महासंघको अध्यक्ष जनक ऋषि राईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा पत्रपत्रिका संपरिक्षण अध्यक्ष रहमतुल्ला मियाले हाल सात सदस्यीय समिति रहेको बताए । पत्रपत्रिकालाई राष्ट्रिय प्रदेश स्थानीय गरि तिन तहको वर्गिकरण गरिएको बताए । सुनसरी जिल्लामा ५ वटा दैनिक पत्रीका र १९ वटा साप्ताहिक पत्रीकाले वर्गिकरणको लागि फारम भरेको बताए । दैनिक पत्रीकाले ३०० अंक र साप्ताहिक पत्रीकाले ४० अंक न्युनतम प्रकाशित भएको हुनुपर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ठाकुर बेलबासेले पत्रकार आचारसंहिताको बिषयमा सुनसरीका पत्रकारहरुलाई जानकारी दिएका थिए । उनले पत्रकारिता अहिले संक्रमण कालमा गुज्रिरहेको बताए । महासंघका उपाध्यक्षले स्वागत मन्तब्यको क्रममा काउन्सिलमा राजनीति चल्छ भन्ने भनेपछि काउन्सिलमा राजनीति हुने बताए । तर हजारौं पत्रीका हुने हुनाले कुन पत्रीका कुन दलको भन्ने छुट्याउनु कठिन हुने बताए । राज्य पत्रकारिताको बिसयमा उदास रहेको बताए । उनले चोकमा पत्रीका किनेर पढेको धरानमा मात्र देखेको बताए । अन्य तिर ग्राहकको घर घरमा पुग्ने भन्दै अध्ययनशिल रहेको धरान जस्ले किनेर पढ्ने गरेको बताए । काउन्सिल पत्रकारको लागि लागिपर्ने भन्दै प्रहरी प्रशासन भन्दा अगाडि पुग्ने भएकोले अव उनिहरुले कार्वाहि गर्न पछि हट्ने बताए । बेलबासेले स्थानीय तह र प्रदेश सरकारको बिज्ञापन केन्द्रको मिडिया पठाउन रोक्नुपर्ने बताए । दुई तहको बिज्ञापन रोक्ने हो भने प्रदेशको सबै मिडिया बाँच्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित