बिपि क्याम्प धरानमा कुरुवाले पाँच सय धरौटी राख्नुपर्ने

धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा बिरामीसंग आउने कुरुवाले पाँच सय रुपैया धरौटी राख्नुपर्ने नियम लागु गरेको छ ।

बिपि कोईराला स्वास्थ्य बिज्ञानले गत माघ १० गते टाँस गरिएको सार्वजनिक सूचनामा अनावश्यक भिडभाड हुँदा इमर्जेन्सी जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एबम प्रभावकारी सेवा प्रभाह असर हुने कारण देखाएको छ । त्यहि कुराको मध्यनजगर्दै माघ १५ गतेदेखि लागुहुनेगरी कुरुवाले पास लिनुपर्ने उल्लेख छ । जसका लागि पाँच सयको धरौटी रकम जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ । कुरुवाले पाँच सय बुझाएपमात्र पास उपलब्ध हुने र त्यसपछि मात्र प्रवेश गर्ने पाईने सूचनामा उल्लेख छ । कुरुवा पास बिरामिको नाम दर्ता गर्दा नै लिइने र एक बिरामि एक कुरुवाको मात्र व्यावस्था गरीएको सूचनामा उल्लेख छ ।

बिरामी डिस्चार्ज वा बेडमा लगेको खण्डमा जारी भएको कार्ड नम्बर को कुरुवा पास फिर्ता भएमा उक्त धरौटी रकम फिर्ता हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ सूचनामा उल्लेख छ ।

बिपि प्रतिष्ठान धरानको यस्तो प्रकारको निर्णयको सामाजिक संजालमा बिरोध आलोचना भैरहेको छ । बिपि प्रतिष्ठानमा चिकित्सकको लापरबाही हुने जस्ले ज्यान गएको जनगुनासो आइउरहेका छन । त्यसैगरी तत्काल बिरामिको उपचारमा चिकित्सकले नहेर्ने जसका कारण बिरामिको कुरुवा आक्रोशित हुने र तोडफोडको घटना पनि निरन्तर भैरहेको र घटना संचार माध्याममा आइउरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित