कोशि राजमार्ग धरान सडक खण्ड बाईपास हुनुपर्छ,यस बिषयमा वर्तमान मेयर जानकार छ – मिन विश्वकर्मा

धरान । कोशि राजमार्ग बिस्तारको धरान सडक खण्ड के गर्ने भन्ने विवाद भैरहँदा नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री मिन विश्वकर्माले यसको विकल्प बाईपास नै भएको बताएको छ ।

नेता विश्वकर्माले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सयौ ब्यापारी ब्यबसायीलाई उठिबास लाउने काम बन्द गरि कोशी राजमार्गको बाइपास खोज्नु को बिकल्प नभएको उल्लेख छ । धरानका बर्तमान मेयर यस्को जानकार हुनुपर्ने भन्दै २०७३ सालमै ” धन्कुटे रोड्को सट्टामा तिन्कुने फायरलाइन हुँदै बिपिकोस्वाबी प्रतिस्ठान तलबाट लाने र कोशी राजमार्गको हकमा सेउती खोलाबाट” बाइपास खोज्ने दुबै तर्फको बजार नभत्काउने भन्ने तत्कालिन सरकारले “एलाइन्मेन्ट चेन्ज” गर्ने नितिगत निर्णय गरेको जनाएको छ ।

उनले ११ बुँदे तथ्यगत आधार प्रस्तुत गर्दै धरान बजार बिगार्ने भन्दा बिस्तार गर्ने निर्णय गर्नुका साथै रोक्का भएका घर जग्गा तत्काल फुकुवा गर्न गराउन पनि सम्बन्धित सबैमा अनुरोध गरीएको छ ।

धरान बजार बिगार्ने भन्दा बिस्तार गर्ने निर्णय गर्नु साथै रोक्का भएका घर जग्गा तत्काल फुकुवा गर्न गराउन सम्बन्धित सबैमा अनुरोध छ !

मिन विश्वकर्माको पोस्ट :
बिराट्नगर, रानी – संखुवासभा किमाथांका ६ लेन सडक र धरान- हेटौडा सडक निर्माण गर्ने सम्बन्धमा धरान नया बजार तथा धनकुटे रोड बिचबाट लाने कि बाइपास खोज्ने भन्ने लामो बहस, छलफल र दवाब पछि २०७३ सालमै ” धन्कुटे रोड्को सट्टामा तिन्कुने फायरलाइन हुँदै बिपिकोस्वाबी प्रतिस्ठान तलबाट लाने र कोशी राजमार्गको हकमा सेउती खोलाबाट” बाइपास खोज्ने दुबै तर्फको बजार नभत्काउने भन्ने तत्कालिन सरकारले “एलाइन्मेन्ट चेन्ज” गर्ने नितिगत निर्णय गरेको थियो !

सयौ ब्यापारी ब्यबसायीलाई उठिबास लाउने काम बन्द गरि कोशी राजमार्गको बाइपास खोज्नु को बिकल्प छैन !

धरानका बर्तमान मेयर यस्को जानकार हुनुपर्ने हो ! किन कि उहाँ यसको अभियानमा सहभागी हुनुहुन्थ्यो ! तर तत्पश्चात धरान उप-महानगर पालिकाको स्पष्ट, निर्णायक र प्रभावकारी भुमिका खेल्न नसक्दा धराने जनताले पटक पटक सन्त्राश बेहोर्नुका साथै जग्गा खरिद बिक्रि र बैङ्किङ्को समस्या जस्ता पिडा भोगिरहनु परेको छ ! यो अत्यन्तै दु:खद कुरा हो !

हामी सच्चा निस्वार्थ मनले धरान र धरानेको हित चाहाने हो भने थेग्नै नसक्ने मुआब्जा दिनुपर्ने, सयौ ब्यापारी ब्यबसायीलाई उठिबास लाउने काम बन्द गरि कोशी राजमार्गको बाइपास खोज्नु को बिकल्प छैन !

यो गम्भीर र दुरगामी राष्ट्रिय महत्वको सवालमा धरान उप महानगर पालिकाका मेयर उपमेयर र सम्बन्धित वडाध्यक्ष्यहरुले साना तिना स्वार्थ र झमेलामा नअल्झिकन सिङ्गो धरान र धरानेको हितमा प्रभावकारी भुमिका समयमै खेल्नु हुन अनुरोध गर्दछु !

हरेक नेतृत्वलाई अवशर आउँछ ! तर सधै आउदैन ! धरान बजार बिगार्ने भन्दा बिस्तार गर्ने निर्णय गर्नु साथै रोक्का भएका घर जग्गा तत्काल फुकुवा गर्न गराउन सम्बन्धित सबैमा अनुरोध छ !

यसका केहि तथ्यगत आधारहरु छन !
१. यो शहरी सडक होइन लामो दुरिको ब्यापरिक राजमार्ग हो
२. यो सडकमा तीब्र गतिका हेभी मालबाहक सवारी कुद्छन !
३. यी ध्वनी र वायु दुबै प्रदुषण गर्ने सवारी साधन हुन्छन !
४. सडकको दुबै तर्फ मानिसले बाटो काट्न नसक्ने रेलिङ लगाइने हुँदा स्थानिय ब्यापार चल्दैन !
५. यो द्रुतगतिको राजमार्ग हो !
६. बजारको बिचबाट बनाइने सडकमा सवारी गति बढिमा ३० किमि/घन्टा पनि हुदैन !
७. दुर्घटनाको दृस्टीले अत्याधिक जोखिमपुर्ण हुन्छ !
८. बाइपास गर्दा शहर बिनाश होइन बिस्तार हुन्छ !
९. नदि वा खोला किनारबाट बनाइने सडक वा राजमार्ग तुलनात्मक रुपमा सस्तो, छिटो र बहुउपयोगी पनि हुन्छन !
१०. यस्ले नदि खोला को तट्बन्धको पनि काम गर्ने भएकोले एक काम बहु फाइदा हुन्छ !
११. यसले शहरको सुन्दरता वृद्धि गर्दछ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित